सम्पादकीय :जेष्ठ नागरिक मैत्री समाज निर्माण गरौँ।
आजको सन्दर्भ हो, जेष्ठ नागरिकलाई सम्मान गर्ने ।जेष्ट नागरिकलाई हामीले सम्मान गरियो भने मात्र हाम्रो उमेर ढल्कीदां भावी सन्ततीले हामीलाई सम्मान गर्ने होला।
जेष्ठनागरिक अर्थात् पाका उमेरका वृद्धवृद्धाहरु र यी देशहरुमा 60 वर्ष पूरा गरिएका नागरिकलाई राज्यले जेष्ठ नागरिकको श्रेणीमा राखेर राज्यद्वारा सेवा- सत्कारका लागि आवश्यक सेवा भत्ता समेत प्रदान गरिन्छन्। मानिसको उमेर ढल्किँदै गएपछि शरीरले तरुण अवस्था जस्तो काम गर्न असमर्थ भई जीवन अरुहरु पर्ति निर्भरता बढ्दै जान्छ।
जेष्ठनागरिक श्रेणी भित्र बुबा-आमा, काका-काकी लगायत समाजका कुनैपनि पनि बुढापाका व्यक्ति हुन सक्दछ। हामीले हरेक जेष्ठ नागरिकलाई इज्जत, सम्मान र सहयोग गर्नुपर्दछ। सदायताले नै आउने पुस्तालाई दिने माया र सद्भाव निर्धारण गर्दछ। हामीले आज बाट नै प्रण गरौं – ज्येष्ठ नागरिकलाई हरेक रूपमा सेवा, सहयोग, मान्- समान्नममा कुनै प्रकारले कमी हुन नदिने । किनभने आजको दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हो।
१४ डिसेम्बर १९९० मा संयुक्त राष्ट्र महासभाले १ अक्टोबरका दिन जेष्ट नागरिक दिवस तोकेको हो। त्यसपछि अन्तराष्ट्रिय महासभाले हरेक वर्षको १ अक्टोबरलाई अन्तर्राष्ट्रिय जेष्ट नागरिक दिवस मनाउने अनुमोदन गर्यो र विश्वब्यापी रुपमा यो दिवस मनाउन घोषणा गरियो।
यदि हामीले जेष्ट नागरिकलाई देने सम्मान, सहयोग, सेवा, माया, सद्भावको परम्परा बसाल्न सकियोभने यस बाट हुने लाभ हामीलाई समेत हुनेछन्। किनभने हामीले पनि एक दिन जेष्ठ नागरिकको श्रेणीमा पुग्ने छौं र त्यसो भएको हुँदा आजबाट जेष्ठ नागरिक मैत्री समाज निर्माण कार्यमा लागौं। विश्व जेष्टनागरिक दिवशको हार्दिक शुभकामना।