लिलाकान्त यादव,
राजविराज, २२ मंसिर ।
अवैध रुपमा विक्री वितरण गर्ने घरेलु मंदिरा प्रहरी गरी सोमवार खाल्टोमा पोखेर नष्ट पारेका छन् ।
हनुमाननगर कंकालिनी नपा अन्तर्गतका भारदह बाजार क्षेत्रमा विक्री गर्न ल्याएका अवैत्र घरेलु मदिरा लगभग ७० लिटरको हाराहारीमा ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्र.ना.नि. बद्री कुमार रायको कमाण्डमा खटिएका प्रहरीले शनिवार पक्राउ गरिएको थियो । अलग–अलग ब्यक्तिहरु साना तिना गैलनमा सो घरेलु मदिरा स्थानिय फुटकर मदिरा पसलहरुमा विक्री गर्न ल्याउने बेलामा सो मदिरा पक्रिएको थियो ।
पक्राउ गरिएको सो मदिरा स्थानिय भरभलादमी नागरिक समाज तथा पत्रकारहरुको उपस्थितीमा कार्यालय छेउ स्थित एक खाल्टोमा पोखिएर नष्ट पारिएको हो ।
घरेलु मदिरा स्वास्थ्यका लागि अति नै घातक हुनेहुँदा नेपाल सरकार द्वारा सो मदिरा विक्रि–वितरण गर्न रोक लगाएपनि लुकिछिपी विक्री वितरण भईरहेकाले प्रहरीले सुराकीको माध्यमबाट यसप्रकारका मदिरा व्यवसायीलाई पक्रिने गरिएका हुन् ।
भारदह बाजार क्षेत्रमा घरेलु मदिरा बेला–बेलामा प्रहरी द्वारा पक्राउ गरिएपनि विक्री वितरणमा खासै न्यूनता देखिदैन ।