भूपदेव माली
असोज २ गते सप्तरी।
सप्तरीको कोशी ब्यारेजमा विश्वकर्मा मुर्ति सेलाउने सवारी साधनहरूको व्यापक भिड रहेको क थियो।
वैदिक हिन्दु शास्त्र अनुसार संसारको पहिलो इन्जिनियर ऋषि विश्वकर्माको हरेक वर्ष असोज १ गतेका दिन मनाइने पूज्नोत्सवको क्रममा स्थापित मूर्तिलाई भोली पल्टको दिन विसर्जन गर्ने क्रममा मंगलबार मूर्ति सेलाउन हजारौंका संख्यामा कोशी ब्यारेज पुगेका ट्रक, ट्रैक्टर,मिनी बस,टिपर,मोटरसाइकल सिटी सवारी,अटो रिक्सा,जस्ता गाडीहरु पुग्दा व्यापक भीड देखिएका हुन्।
बाबा विश्वकर्माले गरेका अनेक प्रविधि तथा निर्माणका अभ्यासहरूको सम्मान स्वरुप नेपालका अधिकांश मोटर गाडी ग्यारेज, कारखाना , उत्पादन प्रविधि स्थल र धातुका विविधः कार्यहरुमा सक्रिय विभिन्न कार्यस्थलका श्रमिक एवं संचालकहरुले सोमबार ऋषि विश्वकर्माको मूर्ति स्थापित गरी विधिवत पूजाअर्चना गरी आज तालतलैया, पोखरी ,वा नदीमा सो मूर्तिलाई सेलाउने परम्परा अनुसार सिराहा ,सप्तरी, सुनसरी र मोरङ जिल्लाका अधिकांश मूर्तिहरू सेलाउन वेद वर्णित नदी कोशीको ब्यारेज पुल स्थिति विसर्जन गर्ने गर्नाले आज पाँच हजारभन्दा बढी गाडीहरु कोशी ब्यारेजमा घुइँचो लागेका थिए।
यस क्षेत्रका प्रायः मूर्तिहरू कोशी नदी मै सेलाउने चलन भएपनि संसारका सम्पूर्ण यन्त्र (मशीन) आदिको अविस्कारखको रुपमा रहेका ऋषि विश्वकर्माकलाई हिन्दु धर्मका गाडी धनी,उद्योग कर्मीहरुले श्रद्धापूर्वक पूजा गर्न मूर्ति पूजा अनुष्ठान गर्ने भएकोले यो अवसरमा प्रायजसो मूर्ति विसर्जन गर्न कोशी ब्यारेज पुग्दा गाडीहरूको भिड हुनु संगै विसर्जन गर्न आउने श्रद्धालुहरूको पनि व्यापक भिड रहेको थियो।