भूपदेव माली
असोज १. सप्तरी ।
सप्तरीका विभिन्न शिवालय एवं मठमन्दिरहरूमा तीज पर्व मनाउने ब्रतालु महिलाहरूको बाक्लो उपस्थिति रहेका थिए।
हिन्दू धर्मका युवती एवं पतिव्रता नारीहरुको महान् पर्व तिजको ब्रतालुहरुले पर्व मनाउने क्रममा विभिन्न शिवालय एवं मठमन्दिरहरूमा समुहगत रूपमा पूजा अर्चना गर्न पुग्दा सो भिड देखिएका हुन्।
कन्या युवतीहरूले आफूले इच्छाएको वर (पति) र विवाहित महिलाले आफ्नो पतिको दिर्घायु तथा संतान एवं परिवारको सूख समृद्धि हासिल गर्ने उद्देश्यले मनाउने यो पर्वको क्रममा पुर्वी नेपालको प्रसिद्ध शक्तिपीठ भारदहमा अवस्थित कंकालिनी भगवती मन्दिर, सखडा भगवतीको मन्दिर, राजबिराजको राजदेवी मन्दिर मन्दिर र शिव मन्दिर, शम्भुनाथ मन्दिर लगायतका मन्दिरहरूमा तीजका व्रतालु महिलाहरुले पूजापाठ पश्चात नाचगान गर्दै रमाइलो गरेकी छिन्।
पौराणिक कालमा माता पार्वतीले बरको रुपमा शिवको प्राप्तिकालागि सैकडों बर्ष सम्म तपस्या गरेपनि लाभ नहुँदा अन्ततः श्री हरी विष्णुले पार्वतीलाई तीज व्रत गर्न उपदेश दिएपछि माता पार्वतीले तिज व्रत गरेपछि भगवान शिवलाई वरण (पति) को रुपमा प्राप्ति भएको तथ्यलाई अनुसरण गर्दै संसारका महिलाहरुले तीज पर्व मनाउन थालिएको मान्यता रहिआएको छ।
खासगरी नेपाल एवं भारतका हिन्दु महिलाहरुले यो तीज पर्व बढाउन धुमधामसँग मनाउने गरिन्छन् यसवर्ष अधिक मास ( मलेमास) पर्न गएको हुँदा तिज पर्व,चौरचन पर्व र विश्वकर्मा पूजा एकै दिन मनाइने हुँदा रमाइलो वातावरणमा पर्वहरू सम्पन्न भएको छ।