भूपदेव माली
भदौ २३गते, सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहमा सहिद रामकृष्ण र स्मृति एवम् छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ।
भारदहमा अवस्थित कंकालिनी भगवती मन्दिरको प्राङ्गणमा दोस्रो मधेस आन्दोलन को क्रममा साहदत भाइका सहित राम्कृष्ण राउत स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा एस ई ई परिक्षा २०७९मा उत्कृष्ट स्थान ल्याइएका वि.पी. स्मारक पब्लिक माध्यमिक विद्यालयका एकजना छात्र र कंकालिनी माध्यमिक विद्यालय का एक जना छात्रालाई रु ५०००/- सहितको छात्रवृत्ति प्रदान गर्दै सहित राउतलाई श्रद्धाञ्जली दिएका हुन्।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष राजकुमार राउतको अध्यक्षता एवं राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहिद रामकृष्ण राउतलाई श्रद्धाञ्जली दिँदै कंकालिनी माविका छात्रा मनिषा मगरदैता यादव एवं बी.पी. स्मारक मावि भारदहका छात्र दिपेश कुमार माझीलाई प्रशंसापत्र सहितको छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेश सभा सदस्यद्वय सतिश सिंह एवं मोहम्मद सकिल अलि र अतिथीहरु हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझी, जनमत पार्टीका केन्द्रीय सदस्य थानेश्वर साह, वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र मण्डल, जनता समाजवादी पार्टी नेपालका नगर सहसचिव निलेश कुमार झा, जसपा का स्थानीय नेता जयसुन्दर खिडहरी यादव, कंकालिनी भगवती मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डल, उपाध्यक्ष लक्ष्मण मण्डल,पूर्व वडाध्यक्ष भिमराज मण्डल, जनमत पार्टी तिरहुत गाउँपालिका संयोजक तेज नारायण यादव, बि.पी.स्मा.प.मा.वि. ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार गाईम लगायत रहेका थिए।
कार्यक्रम संचालक राजेश झा रहेको कार्यक्रममा मेयर वीरेन्द्र माझीले ‘मेरो एक बर्षको कार्यकालमा कालोपत्रे सडकहरूको योजना, कृषि क्षेत्रमा विद्युतीय सिंचाईको योजना, भारदह अस्पतालमा शल्यक्रिया सञ्चालन सेवाको सुरुवात आदि कार्यहरु सम्पन्न गर्दै थुप्रै योजनाहरुका लागि अगुवाइ गरिरहेको’ बताउनुभयो।
सैकडौं मानिसहरूले सहभागी भएको सो कार्यक्रममा मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले मन्दिरको उत्तरतर्फ रहेको पोखरीलाई एक सुन्दर तालको रुपमा परिणत गरी, छेउमा आकर्षक हरियाली पार्क निर्माण गर्न प्रदेश सरकार का सभासद् सँग अपेक्षा गर्दै तथा राष्ट्रिय योजना आयोगले तत्काल भारदह बजार क्षेत्रमा अलपत्र परेको पार्कलाई पुनर्निर्माण र कोशी ब्यारेज निकट मधेसी पार्क निर्माण योजनामा पार्नका लागि अनुरोध सहितको मन्तव्य राखेका थिए। यसरी नै प्रदेशसभा सदस्यद्वय सतिश सिंह एवं मोहम्मद सकिल अलिले यस कार्यक्रममा उठाएका मुद्धाहरु (मागहरु) लाई पुरा गर्न हामी यथाशक्य प्रयास गरिने बताउनुभयो।
सम्पन्न कार्यक्रममा जनतालाई प्रतिनिधित्व गरिरहेका जनमत पार्टीका नेताहरुले “जनता राज” को सिद्धान्त अनुसार काम गरिरहेको बताउनु हुँदै राष्ट्रिय योजना आयोगका सदस्य डा यकान राउतले बताउंदै तत्काल जनतालाई धैर्यधारण गर्न अपेक्षा गरिएको बताउनुभयो । वहाँले ‘म आफ्नो क्षेत्रका हनुमाननगर कंकालिनी नगरपालिका, कञ्चनरुप नगरपालिका, महदेवा गाउँपालिका आदि पालिकाहरुमा थुप्रै योजनाहरु दिएको बताउनु हुँदै उहाँले आफु राष्ट्रिय योजना आयोगका सदस्य भएको नाताले पनि बढी भन्दा बढी योजनाहरु आफ्नो क्षेत्रमा दिने बताउनुभयो।