सम्पादकीय : जन्माष्टमीको पूजा , आराधना,रथयात्रा एवं मेलामा धार्मिक सदभाव बनाइराख्नु पर्छ।
प्रत्येक वर्ष भाद्रकृष्ण अष्टमीको दिनमा मनाउने कृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा-आराधना गरी मनाइन्छ। संसारभरिका हिन्दु धर्मावलम्बी र कृष्ण भक्तहरुले प्रिय भगवान कृष्णको जन्म दिवस मनाउँदैछन्। भगवान श्रीकृष्ण आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्न सक्ने दिव्य व्यक्तित्वको रुपमा परिचित छन्। मानवलाई धार्मिक आचरण गर्नका लागि सन्सारमा उहाँको ठूलो योगदान छ ।श्री भागवत गीतामा श्रीकृष्ण स्वयमले अर्जुनलाई भनेका छन्- “जब जब संसारमा धर्मको हानि हुँदै गएर अधर्मको हाबी हुँदै जान्छ ,तब तब धर्मको रक्षाका लागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछु ।”
भगवान श्री विष्णुको आठौं अवतारको रुपमा देवकीको कोखबाट श्रीकृष्ण आठौं पुत्रको रूपमा जन्म लिएर कंश आदि दैत्य दानवलाई संहार गरेका थिए।
आज कृष्ण जन्माष्टमी हो । आजको दिन नेपाल लगायत हिन्दुहरुले बसोबास गरेका हरेक देशमा कृष्ण जन्मोत्सव पर्व मनाइरहेका छन् ।तर नेपालमा केही केही दिनअघि अन्य धर्मावलम्बीहरू द्वारा गाई काटेर खाएको भिडियो भाइरलका घटनाहरु र कृष्ण जन्माष्टमीको अवसरमा बनाउने कृष्ण विग्रह का लिलाहरु मूर्ति तोडफोड गरिएका घटनाहरुले गर्दा धार्मिक सद्धभावमा व्यापक खलबली मच्चिएको छ। तेसो भएकोले देशको कुनाकाप्चामा हुने कृष्णजन्माष्टमीको मेला ,शोभायात्रा ,रथयात्रामा सहभागी हुने हजारौं हजारको मानिसहरूको भिडमा केही नराम्रो घटना हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी सो संभावित खतरा बाट जोगाउन पुलिस प्रशासन लगायत सम्बन्धित निकायले ध्यान पुर्याउनु आवश्यक छ।मेला वा रथयात्रामा कुनै किसिमको अप्रिय घटना नहुन दिनका लागि सहभागीहरुले पनि शान्ति बनाइराख्नु आवश्यक भएको छ।