दिदीबहिनी र दाजुभाइको अनन्त प्रेमको प्रतीक रक्षाबन्धन
आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधिने “रक्षा-बन्धन” को दिन हो।हिन्दुहरूको महान पर्वहरु मध्ये रक्षाबन्धन पर्व पनि महत्वपूर्ण स्थान राख्दछ। रक्षाबंधन संस्कृत शब्दावली बाट बनेको हो , जसको अर्थ हुन्छ “रक्षा” सुरक्षा र “बन्धन” बाँधिने प्रक्रिया वा गाँठो अर्थात ‘सुरक्षा वा रक्षाको गांठो’ । प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन यो पर्व मनाउँदा दिदीबहिनीले दाजुभाइलाई हातमा राखी बाँधिन्छन्।
यो पर्व दाजुभाई दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो।रक्त सम्बन्ध भएका दिदीबहिनीहरु का लागि मात्र नभई हृदयले दिदीबहिनी मानिने सबैले यो रक्षाबन्धन पर्वमा दाजुभाइलाई राखी बाँधेर उनको सफलता ,सुस्वास्थ र खुसीको प्रार्थना गर्दै दाजु भाइको हातमा राखी बाँधिने विश्वास रहिआएको छ । पौराणिक युगबाट नै शुरु भएको यो परम्पराको उल्लेख यम र यमुनाको कथा प्रसंग , श्री कृष्ण र द्रौपदीको कथा प्रसंग , माता लक्षमी र राजा बलि को कथा प्रसंग र शुभलाभ र माता संतोषीको कथा प्रसंग सनातन धर्मशास्त्रमा वर्णित छ।
नेपालमा रक्षाबन्धन दिदी बहिनी द्वारा दाजुभाइलाई राखी बाँध्ने चलन संगै ब्राह्मण पुरोहितद्वारा जजमानलाई रक्षासूत्र (काँचो धागो )को राखी बाँधिने चलन पनि परापूर्वदेखि नै चलिआएको छ। यो मन्त्र पढेर “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल: ।तेनत्वामभिबध्नामि रक्षे माचल माचल:” ।। रक्षासूत्र बांधिन्छन्।
खासगरी तराई क्षेत्रमा आजको दिन सवारी साधनहरुमा चेलीबेटी वा महिलाहरुको निकै भीड भाड हेर्न सकिन्छ। भारत ,बङ्गलादेश, पाकिस्तान आदि स्थानहरुमा त्यहाँका सरकारद्वारा बढी सवारी साधनहरु परिचालन गरिएको हुन्छ यो दिन।
रक्षाबन्धन एक पर्व मात्र नभएर भाई – बहिनी बिचमा अगाध प्रेम स्थापित गर्ने माध्यम पनि हो र यस परम्परालाई संबर्धन, संरक्षण गर्न हाम्रो जिम्मेवारी हो।
रक्षाबन्धन को हार्दिक शुभकामना।