सम्पादकीय :- मानवलाई विकास चाहिन्छ, आणविक हतियार होइन।
एउटा शहरलाई क्षिणभरमै मरुभूमि बनाउनसक्ने आणविक हतियार भनेको विकासको अर्को नाम हो ।आजको स्थितिमा यो हतियार प्रायः सबैजसो शक्तिशाली देशहरु सँग छ ।यी देशहरु धेरैभन्दा धेरै रकम (बजेट)आणविक अध्ययन, शोध एवं विभिन्न किसिमको आधुनिक हतियार बनाउने कार्यमा खर्च गरिन्छन्।
हुन त युद्ध परम्पराको सुरुवात वैदिक युग बाट नै भएको हो। महाभारतको युद्ध कालमा पनि विभिन्न प्रकारको अस्त्र-शस्त्रको प्रयोग भएको देखिन्छ। तर युद्धको अध्यास क्रममा हात्ती, घोडा,उंट, तिर, धनुस्, गद्दा, भाला आदि बाट हुँदै आज लडाकु विमान, तोप – टैंकर र विभिन्न प्रकारका विस्फोटक बमहरु सम्म पुगेको छ र यसमा मानव तथा वातावरणमा प्रतिकूल असर पार्ने आणविक हतियार नै हुन्।
दोस्रो विश्वयुद्धको क्रममा जापानको हिरोसिमा र नागासाकीमा सन् १९४५ को अगष्ट ६ मा भएको आणविक प्रहारमा २ लाख भन्दा बढी सर्वसाधारण मानिसहरूको मृत्यु भएको थियो। उक्त स्थानमा अझै पनि रुख -विरुवा उम्रने अवस्था छैनन्।
संसारलाई विध्वंस हुनबाट रोक्न र मानव हितको संरक्षण गर्ने उद्देश्यले सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्र सङ्घको ६४औं महासभाले २९ अगस्तका दिन आणविक हतियार विरुद्धको दिवश मनाउन थालिएको हो। आज विश्व आणविक हातहतियार विरुद्धको दिवस हो मानवीय क्षति रोक्नका निम्ति,विनाशकारी आणविक हतियार विरुद्ध हामी एक भएर आवाज उठाउनुपर्ने आजको अवश्यकता रहेको छ।
संसारका मानिसलाई विकास चाहिन्छ , अस्पताल र सुलभ उपचार चाहिन्छ ,शुद्ध पिउने पानी र पेटभरी भोजन चाहिन्छ, घर र कपडा चाहिन्छ।हामीलाई सबै चाहिन्छ तर हामीलाई मानव विध्वंसकारी आणविक हतियार चाहिँदैन।
आणविक हतियार वास्तवमा आफू पनि ध्वस्त हुने र अरुलाई पनि ध्वस्त पार्ने आत्मघाती हतियार हो ,यसले देशको सिमानाको रुपमा प्रहार नगरी आफ्नो क्षमता भएसम्म प्रभाव पार्दछ यसले जल भूमि र वातावरणमा व्यापक प्रभाव पार्दछ, त्यसोभए मानव सभ्यतामा असर पार्ने हो। समग्रमा भन्नुपर्दा मानव सभ्यता र पृथ्वीको बिनासको डर लाग्दो स्वरूप हो आणविक हतियार।यस्ता हतियारहरुले , जम्मा ११०००किलोग्राम थर्मोन्यूक्लियर बमले १२ लाख टिएनबी शक्ति उत्पादन गर्दै बिस्फोटनको माध्यमले एक विशाल शहरलाई ध्वस्त पारेर खरानीमा परिणत गर्न सक्ने क्षमता राख्छ।यिनै हतियारको बलमा केही शक्तिशाली देशहरूले अन्य देशलाई यूद्धको धम्की दिने गर्छन्।
संसारका यी हतियार बनाउने शक्तिशाली देशहरूले संसारमा रहेका रोगबाट पीडित सर्वसाधारण र भोक प्यासले रुमल्लिरहेका असहाय जनताको बारेमा कम र युद्धका लागि अस्त्र शस्त्र बनाउनमा बढी रकम खर्च गरेका हुन्छन ।हामीले आणविक हतियारको विरोध मात्र नगरी हरेक यूद्धको विरोध गर्न एकजुट हुनुपर्दछ।