भूपदेव माली
भदौ ४ गते सप्तरी।
पूर्वी नेपालका प्रसिद्ध शक्तिपीठ कंकालिनी भगवती मन्दिरमा निस्वार्थ भावले सेवा गर्न स्थायीरुपमा स्वयमसेवक गठन तथा साधुसन्त एवं टाढा टाढाका यात्रीका लागि निःशुल्क भोजन- प्रसादका लागि मेष व्यवस्था गरिने कंकालिनी भगवती मन्दिर विकास समितिका अध्यक्ष इञ्जिनियर रामसुन्दर मण्डलले बताउनुभएको छ।
सोमबार ई- मधेश न्युज डटकम का पत्रकार संग साक्षात्कार हुँदै अध्यक्ष मण्डलले सो कुरा बताउनु भएको हो।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १, भारदहमा अवस्थित पूर्वी नेपाल सहित भारतको विहार राज्य’ पश्चिम बंगाल राज्यसम्म प्रसिद्धि प्राप्त गरिएका कंकालिनी भगवती मन्दिरको बृहद विकास एवं सुव्यवस्थाका लागि मन्दिर विकास समितिको मातहतमा स्वयसेवक दल गठन गरी मन्दिरमा आयोजन हुने धार्मिक अनुष्ठान सांस्कृतिक कार्यक्रम तथा बडादशैंको विशेष पुजामा परिचालन गरिने बताउँदै अध्यक्ष मण्डलले उक्त स्वयमसेवक गठन प्रक्रियामा कुनै प्रकारले स्वार्थ नभई निस्वार्थ भावले मन्दिरमा सेवा गर्ने व्यक्तिलाई छनौट गरिने बताउनुभयो। उहाँले मन्दिरमा हजारौ मील टाढा -टाढाका भक्तजन, तीर्थयात्री ,साधुसन्त आउने क्रम दिनप्रतिदिन बढ्दै जाँदा साधु- संत एवं असाहाय यात्रुहरुका लागि निःशुल्क भोजन तथा बासका लागि मेष ( भोजन भण्डार) को व्यवस्था गर्नका लागि १० जना मेष भण्डार स्वयंसेवक समेत गठन गरी सो सो मेष संचालन गर्नका लागि प्रयास गर्दै दातृ संघ-संस्था तथा दाताहरुसँग सहयोगको अपेक्षा गरिएको बताउनुभयो।
कंकालिनी मन्दिर क्षेत्रमा परिसर क्षेत्र फराकिलो गर्न, तालतलैया निर्माण गर्न ,गाडी पार्किङ स्थल निर्माणका लागि आवश्यक पहल गर्दै तत्काल मन्दिरको पूर्वपट्टि माटो पुर्ने कार्यमा नगरपालिकाको पहलमा प्रयास भइरहेको बताउँदै अध्यक्ष मण्डलले म आफ्नो यो तिन बर्षको कार्यकालमा एक विशिष्ट धार्मिक पर्यटकीय स्थलको रुपमा बिकासको मूर्तरूप दिने प्रयास गरिरहेको बताउनु संगै मैले गर्ने कार्यमा समस्त ग्राम बासीहरुले सहयोग गरिने अपेक्षा समेत गरिएको बताउनुभयो।