भूपदेव माली,
राजविराज, २१ मंसिर ।
सप्तरीमा गहुँ खेतीका लागि रसायनिक मलखाद्यको अभावले किसानहरु विच हाहाकार मचेको छ ।
सरकारले गहुँ खेतीका लागि प्रयोग गरिने डि.ए.पी खाद्य, युरिया, पोटास मलखाद आपुर्ति गर्न नसक्दा कृषि सहकारी संस्था वा डिलरमा किसानहरुले चाहिने जति मलखाद आपुर्ति गर्न नसकेपनि भारतको सिमाना खुल्ला भएको हुदाँ भारतबाट पनि आयात गरी खेती गर्ने गरिएको थियो । तर यो वर्ष कोरोना महामारीका कारण नेपाल–भारत सिमाना आवतजावत तथा सरसमानहरु आयात–निर्यात गर्न नसक्दा मलखाद्य सामग्रीको अभाव भएको हो ।
सप्तरीमा कृषि सामग्री लि. शाखा कार्यालय राजविराज द्वारा प्रति नगर एवं गाउँपालिकालाई ५४ बोरा डि.ए.पी र ३२० बोरा पोटास मात्र उपल्ब्ध गराएकोमा कतिपय सहकारी संस्थालाई मात्र ५ बोरा पाएको स्थितीले खाद्यमलको अभाव कृषकहरुलाई मल पु¥याउन सकिरहेको छैनन् ।
खाद्यमलको बाजारमा मलखाद्य एवं अन्य कृषि सामग्री अभावकै कारणले यदाकदा संस्था वा डिलरहरुले नगर वा गाउँपालिका कृषि शाखाले निधारण गरिएको दर भन्दा महगो दरमा विक्री वितरण जस्ता कालोबजारी गर्ने गरेका छन् ।
युरिया ९००।– प्रतिबोरा निर्धारण भएपनि १४÷१५ सय प्रतिबोराको दरमा ग्राहकहरुलाई दिएर ठग्ने कार्य गरेका छन् ।
जिल्लाका केही डिलरहरुले भारतीय मलखाद्यहरु लुकीछिपी आयात गरेर बेच्ने पनि गरेका छन् । तर सो भारतीय खाद्यमल पनि बेच्दा भारतीय बाजार दरको भन्दा २५ देखि ३५ प्रतिशत वढी दरमा बिक्री गर्दछन् । कृषकलाई खेती गर्न हतार भएकोले २५ देखि ३५ प्रतिशत वढी मोल तिरेर पनि मलखाद्य लिन विवश छन् ।
फत्तेपुरमा मलखाद्य नपाएपछि सुनसरीको लौकही बाजारबाट बढी मोल तिरेर मलखाद्य ल्याउनु परेको हो, फत्तेपुरका अर्जुन कटुवालले बताए । वहाँले सो बाजारमा प्रति बोरामा १०० रु देखि २०० रु वढी रेटमा बेचेपनि हाम्रो अभावलाई पुरा गरिएको बताए ।
मलखादको अभावले गहुँ खेती गर्ने किसानलाई मलखाद्य प्रर्याप्त उपदब्ध हुन नसक्दा हनुमाननगर कंकालिनी नपा १ र २ का केरा कृषकहरुलाई केरा बगानका लागि अझ मलखाद्य नपाउँदा मार्कामा परेको केरा कृषक संघका अध्यक्ष बच्चा मण्डलले बताए ।
हनुमाननगर कंकालिनी नपा अन्तर्गत मापदण्ड पुरा गरिएका १९ वटा मध्ये १७ वटा संस्था एवं फर्मलाई नगरका कृषि शाखाले मलखाद्य उपलब्ध गराएको छ । एक संस्थालाई डि.ए.पी २८ बोरा मात्र पाएकोमा संस्थाहरुले गुनासो गर्छन ।
यसरी नै कंचनरुप नपाले मापदण्ड पूरा गरिएका १५ वटा सहकारी र एउटा फर्म गरी १६ वटालाई रसायनिक मलखाद्य उपलब्ध गराएको हाम्रा सहकर्मी शुभ नारायण यादवले संकलन गरेकोे समाचारमा उल्लेख छ । सरकारले गहुँ बालीका लागि प्रयाप्त मलखाद्य समयमै आपुर्ती गर्न नसकिएको अवस्थामा किसानहरुलाई ठूलो नोक्सानीको समाना गर्नु पर्ने कृषकहरुले बताउँछन् ।