भूपदेव माली
भदौ १ गते सप्तरी।
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममा भारदहको अस्पताललाई ५० शैयाको अस्पताल सञ्चालन गरिने तयारी भइरहँदा यसलाई चाहिने आवश्यक भौतिक पूर्वधार निर्माण र पर्याप्त जनशक्ति बारे ५देखि ६ दिनभित्र निरिक्षण टोली खटी प्रतिवेदन पेश गरे पछि अस्पताल सञ्चालन गर्न तत्काल जनरल शल्यक्रिया तथा प्रसुती शल्यक्रिया सेवा सञ्चालन गर्न थप दुई जना चिकित्सक नियुक्त गरिने मधेस प्रदेशका स्वास्थ्य मन्त्री बीरेन्द्र प्रसाद सिंहले बताउनुभयो।
शुक्रबारः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर 1 भारदहमा रहेको भारदह अस्पतालमा नवनिर्मित शल्याक्रिया तथा प्रसूतिगृह भवन उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट मन्त्री सिंहले सो कुरा बताउनु भयो।
भारदह अस्पताललाई आवश्यक जनशक्ति चिकित्सक, नर्स, हेल्थ असिस्टेन्ट ,अनमी, कर्यचारी आदि फाल्गुण मसान्त सम्ममा स्थायी नियुक्ति प्रदान गरिने बताउँदै मन्त्री सिंहले प्रदेशको आठै जिल्लाहरुमा सय शैयाको जिल्ला अस्पताल बनाउनअस्तरोन्नती कार्य पूरा गर्दै भारदह अस्पताललाई आषाढ मसान्त भित्र रही हरेक दृष्टिकोणले सुविधा सम्पन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिले मन्त्रालयको कार्यभार समालेको दुर्इ महिना मात्र भए को भए पनि आखा पातले रोगको अब sadhi bayn डेंगु रोगबाट जोगाउन र रोग विरुद्धको औषधी आठै जिल्लामा पर्याप्त मात्रामा पठाएको भन्दै नपुगेको पालिकाहरुमा पालिका प्रमुखहरुले पहल गर्नुपर्ने बताउनुभयो।
२०६५ सालमा कोसी नदी कटानको बेलामा बाढीपीडितहरुका लागि अस्थायी रुपमा आएको अस्पताललाई सरकारले पुनः फर्काएर लगिएकोले स्थानीयहरु द्वारा रिले अनशन सहितको संघर्षबाट २०७५ सालमा भारदह अस्पतालको रुपमा स्थापित भएको अस्पताललाई जिल्ला स्तरीय अस्पतालको रुपमा परिणत गर्नका लागि तत्कालीन मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहको पहलमा आवश्यक यन्त्र – औजार सामग्रीहरु र भवन निर्माण कार्य भएको थियो र अझै पनि भवनहरू निर्माणाधीन अवस्थामा रहेको भएपनि तयारीमा रहेको शल्यक्रिया तथा प्रसुती सेवा भवनको उद्घाटन मन्त्री सिंह बाट भएको हो।
नगरप्रमुख वीरेन्द्र माझीको अध्यक्षतामा सम्पन्न सो भवन उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथीकोरुपमा मधेश प्रदेश सभा सदस्यद्वय मोहम्मद सकिल अलि र शतिश सिंह, स्वास्थ्य मन्त्रालयका सचिव प्रमोद यादव रहेका थिए भने अतिथिहरुमा कञ्चनरुप नगरपालिका का मेयर ललन प्रसाद गुप्ता, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका उपमेयर सरिता यादव ,कंकालिनी भगवती मन्दिर विकास समितिका उपाध्यक्ष लक्ष्मण मण्डल, बि.पि.स्मारक पब्लिक माध्यमिक बिद्यालय भारदहका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गाईम, बिधुत प्राधिकरणका ईन्जिनियर ,जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ देखि वडा नम्बर १४ सम्मका वडाध्यक्षहरु स्थानीय बुद्धिजीवि, ब्यापारी, पत्रकार, नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन शर्मा, स्वास्थ्य शाखा अधिकृत रामदेव यादव लगायत स्थानीयहरूको व्यापक उपस्थिति रहेको थियो।
भारदह अस्पतालका सूचना अधिकारी धर्मेन्द्र खड्काले मंच संचालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य अस्पतालका मे.सु. देवले राखेका थिए भने लक्ष्मण मण्डल, राजकुमार गाईम,संतोष गोइत यादव (वडाध्यक्ष), निर्मल कापैर, राहुल मण्डल,आकाश यादव,उमेश मिश्र,डा.प्रमोद यादव,सतिश सिंह, मोहम्मद सकिल अलि,डा.प्रमोद यादवले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए।
नवनिर्मित अस्पतालको भवनमा गरिएको कार्यक्रमलाई अध्यक्षता गर्ने मेयर माझीले कार्यक्रमलाई समापन गर्दै भवनको अधुरो कार्यहरुलाई पूरा गर्दै उद्घाटन गर्न यो भवन आउन सक्रियतापूर्वक लागेको परीणाम आज म शल्यक्रिया तथा प्रसुती सेवा सञ्चालन भएको बताउँदै म आफ्नो कार्यकालमा अस्पताललाई स्तरोन्नति गर्ने कार्यमा सक्रिय भएर जिल्लाको सबैभन्दा उत्कृष्ठ अस्पतालको रुपमा स्थापित गर्ने बताउनुभयो।