भारदहमा जनमत पार्टी द्वारा शहिद राजिव राउतलाई श्रद्धाञ्जली
भूपदेव माली
भदौ १ गते/ सप्तरी।
भारदहमा जनमत पार्टी नगर कमिटीद्वारा शहीद राजीव राउतलाई श्रद्धाञ्जली दिएको छ।
मधेश आन्दोलनको क्रममा आजकै दिनमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ भारदहकाे राजीव राउतलाई प्रहरी द्वारा गोली प्रहार गर्दा बीरगती प्राप्त गरेकोले शहिद राउतको ८ औं पूण्यतिथिको अवसरमा भारदह बाजार स्थित निर्माणाधीन राजीव शालिक स्थलमा फोटो राखेर श्रद्धाञ्जली दिएको हो।
जनमत पार्टी नगर कमिटीको आयोजनामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा शहीद राजीव राउतको फोटोमा फूल माला अर्पण गर्दै” शहीद राजीव राउत अमर रहोस् “नाराका साथै शहीद राजीव राउतले मधेश आन्दोलनमा दिएको बलिदानी बारे श्रद्धाञ्जली सहितका मन्तब्य कार्यक्रम गरिएको थियो।
जनमत नगर कमिटीका अध्यक्ष निर्मल कापैरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख बीरेन्द्र माझीले “यही समय, यही महिना, यही दिनमा मधेसीको हकअधिकारका लागि मधेसी राजनीतिक दलहरु द्वारा भइरहेको शान्तिपूर्ण मधेस आन्दोलनको क्रममा प्रहरीले गोली हानेर राजीव राउतलाई मारिएको” स्मरण गराउँदै मेयर माझीले “तर बलिदानीपूर्ण आन्दोलनको उपज आएको संघीयतामा पनि अझै मधेशीको पूर्ण अधिकारको प्रत्याभुति राज्यले प्रत्याभूति गर्न नसकेको”बताउनुभयो। वहाँले “मधेश आन्दोलनमा शहादत प्राप्त गरेकाहरुको समस्त मधेश एक प्रदेश सपना साकार हुन नसकेर ८ जिल्लामै सिमित भएको हुँदा अब उक्त सपना जनमत पार्टीले पुरा गर्ने जिम्मेवारी बोकेको” बताउनुभयो।
दोरिक मण्डलले मंच संचालन गरिएको कार्यक्रममा मधेस प्रदेशका सदस्य मोहम्मद सकिल अलि, जनमत पार्टी का केन्द्रीय सदस्य सुशीला यादव,शिवनन्दन मण्डलले समेत श्रद्धान्जली मन्तव्य राखेका थिए।
यसरी नै जनता समाजवादी पार्टी नेपालका नगर कमिटी द्वारा तेश्रो मधेस आन्दोलनको क्रममा प्रथम शहीद भएको राजिव राउतलाई श्रद्धाञ्जली दिएका छन्।
आयोजित श्रद्धाञ्जली कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जगदेव यादव, केन्द्रीय सदस्य श्याम देव यादव ,गजेन्द्र माझी ,पूर्व वडाध्यक्षको भीमराज मण्डल,जय सुन्दर खिडहरि यादव, रामु विश्वास ,रामेश्वर यादव लगायत ६० जनाभन्दा बढी नेता एबं कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा शहीद राजीव राउतको फोटो राखी फूलमाला अर्पण गर्दै कार्यक्रमलाई सम्पन्न गरिएको थियो।