भूपदेव माली श्रावण ३० गते राजबिराज।
राष्ट्रिय मानवअधिकार आयोगले एक मानव अधिकार रक्षक माथि भएको आक्रमण र दुर्ब्यवहार प्रति घटनाको प्रभावकारी छानवीन गरी कुटपिट गर्ने दोषी प्रहरीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेकाे छ।सप्तरीको राजविराजमा २०८० साउन १५ गते मानव अधिकार कर्मी एवं पत्रकार मनोहर पोखरेललाई जिल्ला प्रहरी परिसरमा सेवा ग्राहीको काम विशेषले गएको समयमा सो कार्यालयमा कार्यरत प्रहरी द्वारा कुटपिट एवं दुर्ब्यवहार भएको र उक्त घटनालाई लिएर स्थानीय पत्रकार र अन्य संघ-संस्थाहरु बाट निरन्तर भइरहेको विरोधका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भई आयोगका मधेश प्रदेश कार्यालयले स्वविवेक उजुरी ग्रहण गरी अनुसन्धान प्रकृया अगाडि बढाउदै विज्ञप्ति जारी गरेको छ।
राष्ट्रिय मानवअधिकार आयोगको निर्देशिकामा मानव अधिकार कर्मीको संरक्षण एवं सुरक्षाको जिम्मेदारी राज्यले गर्नुपर्ने ब्यवस्था छ।गृह मन्त्रालयले जारी गरिएको आदेश २०७७ मा मानवअधिकार हनन विषयमा वा पदाधिकारीहरुले सूचना तथा जानकारी दिनुपर्ने , जानकारी लिने क्रममा हुने आक्रमण वा शारीरिक, मानसिक एवं आर्थिक छत्ति रोक्न राज्यको सुरक्षा निकाय बाट सतर्कता अपनाउदै छति पुर्याउने ब्यक्ति वा पदाधिकारी विरुद्व कानून बमोजिम कार्वाही चलाउने ब्यवस्था गरिएको हुँदा पत्रकार एवं अधिकार कर्मी मनोहर पोखरेलाई कुटपिट गर्ने दोषी प्रहरीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग समेत विज्ञप्तिमा उल्लेख छ।