भूपदेव माली
साउन २७ गते राजबिराज।
सप्तरीका पत्रकारहरुले प्रेस स्वतन्त्रता कायम गर्न प्रहरी प्रशासन विरुद्ध आन्दोलनमा छन् भने अर्कोतिर सप्तरीका प्रहरीले पत्रकारहरुलाई खेपिरहेका छन्।
शनिबार सप्तरीको राजविराज कुनौली मोडमा राखिएको प्रहरी बिट लाई पत्रकार चन्दन यादवले फोटो खिच्दा ड्युटीमा तैनाथ प्रहरी जवान ए.के. यादवले फोटो खिच्ने मोबाइल बलजफ्ती खोस्ने प्रयास गर्दा सो प्रहरीले पत्रकार यादवलाई दुर्ब्यवहार गरिएको हो।
कुनौली मोडमा राखिएको सो प्रहरी बिट प्रदान गर्ने दाता वडाध्यक्षहरुले पत्रकार लाई समाचार बनाइदिन अनुरोध गरे अनुसार सो बिटको फोटो खिच्न पत्रकार चन्दन यादव र पत्रकार भुषण सिंहले सो फोटो खिचेपछि बिट भित्र रहेका प्रहरीले फोटो किन खिचेको भन्दै मोबाइल खोस्न प्रयास गरिएको थियो । सोही क्रममा प्रहरीले बलजफ्ती गर्दा सुचना पाउने बित्तिकै नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव, उपाध्यक्ष लगायत दर्जन भन्दा बढी पत्रकारहरु घटनास्थलमा पुगेर प्रेस स्वतन्त्रता कायम गर ,प्रहरी प्रशासनको तानाशाही चल्दैन भन्दै नाराबाजी गरेका थिए।
पत्रकार चन्दन यादव नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य हुनुहुन्छ।