भूपदेव माली
श्रावण २६ गते/राजबिराज।
सप्तरीका प्रहरी- प्रशासनको तानाशाही क्रियाकलापले पत्रकारहरुलाई गर्दैआएको अवहेलना विरुद्ध सप्तरीका पत्रकारहरुले प्रारम्भ गरिएको आन्दोलन आज तेस्रो दिन सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको सहायता कक्षमा पुगेर पत्रकार मनोहर पोखरेलले तथ्याङक माग्दा प्रसनि राजेश्वर महतो द्वारा गरिएको कुटपिट एवं जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकारी द्वारा २३ गतेको मिति हालेर २४ गते अनुमति विना कार्यालय भित्र फोटो खिच्न, भिडियो रेकर्ड गर्न नपाउने भनि जारी गरिएको उर्दी विरुद्ध पत्रकारहरुले शंखनाद गरिएको आन्दोलन आज तेस्रो दिन पनि सम्पन्न भएको हो।
नेपाल पत्रकार महासंघ संघ सप्तरी शाखाको नेतृत्वमा महासंघको कार्यालयबाट निस्केको पत्रकारहरूको जुलुस राजविराज बजार परिक्रमा गर्दै सहिद दशन चोकमा पुगेर महासंघका अध्यक्ष श्रवण देवको अध्यक्षतामा कोणसभामा परिणत भएको थियो।
ma सङ्घका सचिव रामनारायण विश्वासले कार्यक्रम सञ्चालन गरिएको कोणसभामा अन्नपूर्णपोष्ट कर्मी मनोहर पोखरेलले “सप्तरीमा प्रहरी प्रशासनले नै संविधानको धज्जी उडाउँदै एवं प्रचलित कानूनलाई उल्लघंन गरी पीडितलाई अझ पीडा दिने कार्यहरु गर्दै आएको, उजुरी लिएर आउने सेवाग्राही संग दुर्व्यवहार गर्दैआएको , कर्मचारी संयन्त्रमा अराजक गतिविधि लुकाउन कार्यालयभित्र फोटो खिच्न – भिडियो रेकर्ड गर्न रोक लगाएको हुँदा सप्तरीमा प्रेस स्वतन्त्रता विरोधी कार्य भएको बताउँदै जिल्ला प्रहरी कार्यालय हाताभित्र तथ्यांक माग्ने क्रममा प्रसनि राजेश्वर महतोले पत्रकारलाई गरिएको कुटपिट प्रेस स्वतन्त्रता विरुद्ध कार्य मात्र नभएर अपराध गरेको हुँदा सो प्रहरीलाई निलम्बन गरेर मात्र नभई कानुनी कारबाही गर्नुपर्छ र जिल्ला अधिकारीले २४ गते पत्रकार विरोधी जारी गरिएको उर्दी क्षमायाचना सहित सो उर्दी फिर्ता नलिए सम्म हाम्रो आन्दोलन जारी रहने बताउनुभयो।
निकालिएको जुलुसमा पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष, उपाध्यक्ष, लगायत सदस्यहरु र पत्रकारिता क्षेत्रसंग सम्बन्धित विभिन्न संघ-संगठनका पत्रकारहरुको सहभागिता रहेको थियो।