सम्पादकीय : भू संरक्षण का लागि सरकारले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्ने।
आज राष्ट्रिय भू संरक्षण दिवस हो, त्यसैले आज एसै संदर्भमा चर्चा गरौं। श्रावण महिनाको २४ गते राष्ट्रिय भू संरक्षण दिवस मनाउने गरिन्छ ।
बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थिति सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले वि.सं. २०३१ साल श्रावण २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भए देखि यस दिवसको सुरुवात भएको हो । विभागको स्थापना सँगै जिल्ला स्तरमा भूसंरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो ।
हाल नेपालको भूभाग मध्य कृषि क्षेत्रले २७ प्रतिशत र वन तथा बुट्यान क्षेत्रले ४४ प्रतिशत भूभाग ओगटेको नेपालको राष्ट्रिय भू संरक्षण नीति २०७५ मा उल्लेख छ । यद्यपि अव्यवस्थित प्लाटिङ र भौतिक संरचनाहरूको अनर्गल निर्माणले खेतीयोग्य जमिनमा कमी आइरहेको छ । चूरे क्षेत्रमा ब्यापक बालुवा, गिट्टी, ढुंगा उत्खनन गरी ओसारपसार गर्नाले जर्जर भएको छ। चारकोशे झाडी ( तराईका वन – जंगलहरू ) फडानी हुदा वर्षाको स्थिति अनुकूल छैनन्।पहिलेदेखि नै गरा बनाएर खेती गर्ने हाम्रा कमजोर भूभागहरू अहिलेको अवस्थामा बाटोघाटो बनाउनका लागि डोजर र टिप्परहरुको चलायमानताले झनै कमजोर भएका छन् भने अर्कोतर्फ कृषि योग्य भूमि माथि कालोपत्रे सडक, सिमेन्टको नाला निर्माणले भूमिगत जलभण्डारमा ह्रास आएको छ र जल उत्पन्न प्रकोपहरू पनि ब्यापक रूपमा बढिरहहेका छन् ।
कूनै बेला कृषिप्रधान देश मानिने यतिबेला खाद्यान्न आयातमुखी अवस्थामा पुगिरहँदा चिन्ताको विषय हो।
नेपालमा भू संरक्षण उच्च संवेदनशीलता हो,
प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावको दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेकाले मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावहरू बाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या बेहोर्नु परेको छ ।
अतः सरकारले विकास प्रकियालाई वातावरणमैत्री बनाउँदै जलवायु परिवर्तनको प्रतिकूल असरसँग अनुकूलित हुने गरी दिर्घकालिन नीति अवलम्बन गर्नुपर्ने संगै मुलुकको समष्टिगत दिगो विकासमा जलवायु परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण नीति निर्माण गरि वातावरण र भूमि संरक्षण गर्नुपर्ने आवश्यक छ ।
राष्ट्रिय भू संरक्षण दिवसको हार्दिक शुभकामना।