भुपदेव माली, नेपालको पश्चिमी पहाडी क्षेत्रमा सन् २०१० मा गरिएको एक अध्ययनले नेपालको ७० प्रतिशतभन्दा बढी पानीको मूलहरुमा पानीको मात्रा घटेको देखाइएको छ। यसरी नै कृषियोग्य उर्वरभूमि मध्यतराईका बारा र पर्सा जिल्ला कै क्षेत्रमा भूमिगत जलभण्डारमा व्यापक ह्रासले गर्दा १४० देखि १५०फिट सम्म जमिनमुनिको पानी सुक्न जाँदा अधिकांश कल- नल ( ट्यूबेल) डिप बोर्डिङमा पानी आउन छाडेका छन्।
काठमाडौंमा वर्षभरिमा १२ फिट पानी कम भएको देखिन्छ। १७० देखि १८० फिट मूनि पानी सुकेको अवस्था छ ।खोलाछेउमा ४० फिट सम्म पानी आए पनि अन्य ठाउँमा तल गइसकेको अवस्था छ। काठमाडौंमा ४० करोड लिटर पानी दैनिकी माग छ/ औसतमा १४ देखि १५ लिटर बर्खा र ८ करोड लिटर पानी सुख्खा याममा बाँडिन्छ। जापानको यूनिवर्सिटी अफ टोकियो र पोखरा विश्वविद्यालयले संयुक्त रुपमा गरिएको अध्ययन अनुसार उपत्यकाका दैनिक क्षमता १ करोड ५० लाख लिटर मात्र रहेकोमा ७ करोड लिटर भन्दा बढी पानी निकालिन्छ। तर उपत्यकाका जन भण्डारण बाट दैनिकी २ करोड ६३ लाख लिटर पानी निकाल्न सकिने क्षमता रहेकोमा ५ करोड ८६ लाख लिटर पानी निकालिन्छ। जसले गर्दा पानीको सतह water level ९देखि ६८ मिटर सम्म घटेको छ।
भूमिगत जलभण्डार जमिनको गहराईमा अवस्थित पारगम्य चट्टान,माटो वा बालुवामा संग्रहित पानी हो ।जसमा वर्षाका पानी मूल स्रोत हुन् ।वर्षाको पानी विस्तारै विस्तारै जमिनको मुनि छिर्दै गर्दछ ।भूमिगत जल भण्डारमा पृथ्वीमा रहेका खोलानाला ,ताल – तलैया, नदी र सिमसारमा पाइने पानीको दश गुणा बढी पानी हुन्छ।
नेपालमा दुई किसिमको भूमिगत जलस्रोतको भण्डार मान्न सकिन्छ पहिलो चिराचिरा परेको चट्टानी भागमा हुने जलभण्डार र दोस्रो नरम बलौटे माटोमा हुने जलभण्डार।
तराईको बारा पर्सा जिल्लामा भूमिगत जलभण्डारमा भएको पानीको कमीले गर्दा धेरै मानिसहरूको जनजीविकामा असर परेको छ। अधिकांश मानिसको घरमा रहेका कल ( ट्युवेल) सुकेको हुँदा दैनिकी प्रयोग गरिने पानीको अभावले हाहाकार मच्चाइएको छ। भूमिगत जलभण्डारमा पानीको मात्रामा कमी हुनुका विभिन्न कारणहरू छन्। जसमा अनियमित अनियमित वर्षा हुनु ( वेमौसमको बर्षा हुनु),वा वर्षा कम हुनु, कृषियोग्य भूमिमा बढ्दो सहरीकरणले भूमिगत पानीको बृहत प्रयोग गर्नु र आवश्यकताभन्दा बढी पानी खेर फाल्नु संगै कृषि उत्पादन कार्यमा खेतहरुलाई सिंचाई गर्न डिप बोरिङको बढी निर्माण गरी पानी निकाल्नु मुख्य हुन्। डिप बोरिङ भन्नाले करिब १५ सेमी.को पाइपलाई जमिनको मुनि छेडेर गाडिएको उपकरण बाट पंपसेट मसिन द्वारा पानी निकाल्नु हो।
एक अध्ययनका अनुसार भारतको पन्जाव राज्यमा अत्यधिक डिप बोरिङ बाट पानी निकाल्नुको कारण त्यहाँको जमिन मुनिको पानीको सतह बर्षेनी आधा मिटर (२०ईन्च) ले घट्दै गएको छ। नेपालको तराई क्षेत्रमा पनि त्यही स्थिति सिर्जित छ।
वर्षाको मुख्य श्रोत पानी चक्र हो। जलचक्र महासागरमा सुरु हुन्छ। जलचक्रले पानीलाई वाष्पीकरण गर्दै पानीका अनुहरु धुलो ,नुन र धुवाँको सानो कनको साथ मिलेर बादलको थोपा बनाउँछन् ।जसले फलफलाउंछन् र बादल बन्छन् ।जब कलिउड बुंदाहरु भेला हुन्छन् त तिनीहरु आकारमा बढ्छन् र कलाउडहरु बनाउँदा वर्षा हुन्छ। तर यस प्रक्रियालाई गतिमान कायम राख्नका लागि आवश्यकताभन्दा भन्दा बढी पृथ्वीको उत्खनन, वनजंगल फँडानी गर्नु बाट रोक्नु आवश्यक छ।
हाम्रो नेपालको तराई क्षेत्रमा पनि भूमिगत जलभण्डारमा कमी हुनुका कारण वर्षा कम हुनु, अत्यधिक सहरीकरण भई भूमिगत जलको ब्यापक दोहोन गर्नु, वनजंगलको ब्यापक फडानी गर्नु,चुरे क्षेत्रमा व्यापक गिटी, बालुवा र ढुंगा उत्खनन गरी ओसारपसार गर्नु नै हो। यसलाई समयमै न्यूनीकरण गर्न सकेन भने १०/१५ वर्षपछि विकराल स्थितिको सिर्जना हुने विषयमा शंका गर्न सकिँदैन। बढ्दो शहरीकरण हुँदा सिमेन्टको प्रयोग, गिट्टी बालुवा मिश्रित ग्राभेलको प्रयोग ,कालोपत्रे एवं बिल्डिङको प्रयोग र सिमेन्टको नाला निर्माणले गर्दा वर्षाको पानी जमिन सोस्न नसक्दा जमिनमुनिको जल भण्डारण रिचार्ज हुन नसक्दा जमिनमुनि पानीको अभाव भएको देखिन्छ।
हामी खडेरी ग्रस्त ग्रहमा छौं। पृथ्वीको जगेडा पानीको ट्यांकी को रुपमा रहेको भूमिगत जल भण्डारलाई संरक्षण गर्नु भन्दा पनि रोक लगाउने,भूमिगत जल सञ्चय पुनर्भरण गर्नुको साटो अझ दोहन भइरहदां स्थितिलाई अध्ययन गर्दै नेपाल सरकारले यस विकराल समस्याबाट जोगिन दीर्धकालीन नीति तथा योजनाहरु
अवलम्बन गर्नुपर्ने आवश्यक छ। भूमीगत जलस्रोतको अध्ययन, अनुसन्धान र दोहन कार्यमा प्रत्येक सरोकार राख्ने र त्यससम्बन्धी दक्ष जनशक्ति भएको सरकारी निकाय भूमिगत जलस्रोत विकास समिति हो। भविष्यमा हुने पिउने पानीको बिकराल स्थितिलाई मध्यनजर गर्दै यो भूमिगत जलस्रोत विकास समितिले आफ्नो कार्यक्षेत्रलाई अझ व्यापक बनाउँदै भूमीगत जलस्रोतको व्यापक अध्ययन, अनुसन्धान ,अनुगमन ,नियमन नियन्त्रण र उत्पादन अनुमति निर्धारण गर्नेतर्फ केन्द्रित हुनुपर्दछ। सरकारले पनि अधिराज्य भरिको भूमीगत जलस्रोतको गुणस्तर व्यवस्थापन र संरक्षण क्षेत्रमा अध्ययन- अनुसन्धान गरी कार्य गर्न अधिकार सम्पन्न एक सक्षम निकायको स्थापना गर्नुपर्छ।
( लेखक “भूपदेव माली” मधेश न्यूज का पत्रकार हुन्।)