सम्पादकीय :-एक मानव भएर अन्य मानवलाई बेचबिखन गर्नु वा यौन शोषण गर्नु महापाप हो।
महिला बालबालिका तथा पुरुषलाई जबर्जस्ती श्रय वा यौन शोषण गर्नु अथवा बेचबिखन गर्नु भनेको अपराध मात्र नभई महापाप हो । यसै सन्दर्भमा मानव बेचबिखनका पिडितहरुको अधिकारको प्रवर्द्धन र संरक्षण गर्नका लागि र उनीहरूको अवस्थाको चेतना जगाउन सन २०१३ मा संयुक्त राष्ट्रसङ्घको सङ्घको महासभाले विश्वव्यापीरुपमा बैठक गरी हरेक वर्षको जुलाई २० तारिखका दिन मानव बेचबिखन विरुद्धको विश्व दिवसको रुपमा मनाउन घोषणा गरियो।
सन २०२३ को विश्व मानव बेचविखन विरूद्ध दिवसको नारा यसरी रहेको छ ” हरेक पिडित सम्म पुगौं, कसैलाई पनि न्याय बाट बंचित नपारौं।”
हाम्रो नेपालमा मानव बेचबिखनको राष्ट्रिय कानुन ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४’ पारित गरेको छ ।जसमा मानव बेचबिखनको उपचारको समेत व्यवस्था गरिएको छ। २०६४ कात्तिक ६ गते को दिन यो ऐन जारी भएको थियो।ऐनमा व्यापारमा लगाउने वा यौनशोषण गर्ने उद्देश्यले गरिने सबै कार्यलाई कडा दण्ड सजायँ र क्षतिपूर्ति समेतको व्यवस्था गरिएको छ। तर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को प्रभावकारी कार्यान्वयन गर्नका लागि पीडितहरूलाई कानुन सम्म पहुँच हुनु जरुरी छ। यसका लागि हामी सबैले मानव बेचबिखन विरुद्ध बलियो आवाज उठाउँदै यसविरुद्ध सशक्त रुपमा लडन जरुरी छ।
कुनैपनि महिला वा बालिकालाई विभिन्न प्रकारको प्रलोभनमा पारी वा कुनै जालझेलमा पारि दबाब दिँदै यौन दुरुपयोग कार्य गर्न लगाउने घटना हाम्रो टोल छिमेकमा हुन सक्छ। यस सरकारको घटनाको खोजी गरी कानुनसम्म पुर्याउनु मानबिय दायित्व हुनु सँगै यसको विरुद्ध आज देखि नै हामी लागि परौं। विश्व मानव बेचबिखन विरुद्ध दिवसको हार्दिक शुभकामना।