मधेशको निर्माण कार्यहरु गुणस्तरहिन हुनुमा दोषी इन्जिनियर वा मधेशी जनता?
मधेशको विकास प्रति राज्यको विभेदपूर्ण दृष्टिकोण र मधेशको विकास प्रति मधेशी जनता स्वयंमा अन्तरकलहका कारणले गर्दा मधेशका अधिकांश योजना बजेटहरू फ्रिज हुनु भौतिक योजना आदिमा गुणस्तरता नहुनुको कारण मधेश को विकास पछाडि परेका छन्।यस अर्थमा कि मधेश अन्तर्गत का पूर्व पश्चिम राजमार्गको सडक स्थिति वर्षौदेखि जीर्ण अवस्थामा रहदा कतिपय स्थानमा सडक खाल्टोमा परिणत भएको छ। जसकारण सडकमा चल्ने सवारी साधनलाई बाधा हुने गर्दछ र यो कुरा सडक विभागलाई थाहा हुदाहुदै लापरवाही गरिरहेको सर्वविदितै छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-३, पोर्ताहा स्थित जीर्ण सडकमा आर सि सि ढलान गर्न खनिएको खाडलमा निर्माण हुन नसक्दा दिन्हू दूर्घटना हूने गर्छ। कंचनरुप नगरपालिकाकाको बरमझिया – महादेवपट्टी स्थित वर्षौदेखि सडकमा खाल्डो नै खाल्डो रहदा सडक विभागले कुनै चासो नदेखाएको सर्वविदितै छ। यसरी नै भारदह क्षेत्रका सडक छेउमा नाला एवं फूटपाथ निर्माण कार्यहरु गुणस्तरहीन भईरहँदा ईन्जिनियर मुकदर्शक भएका छन्। यसरी नै मधेश सरकार तथा स्थानीय सरकारको निर्माण कार्यहरु गुणस्तरहीन भईरहँदा पनि इन्जिनियरहरू द्वारा कार्य गर्ने उपभोक्ता समिति वा ठेकेदारलाई भूक्तानी गर्दै आएको हुँदा दोषी को ? भन्ने कुरा सरकार वा सम्बन्धित निकायको ध्यान जाओस्।