https://www.youtube.com/shorts/RyMB-HAUWAA
लिलाकान्त यादव
आषाढ २९ गते/सप्तरी।
सप्तरी र सुनसरीको सिमाना रहेको कोशी ब्यारेज पुलमा बस र ट्रक जुझ्दा अनियन्त्रित भई ट्रकले पुलको फूटपाथलाई भत्काउँदै कोशी नदीको गहिरो पानी भित्र झरेको छ।
पूर्व दिशातर्फ बाट आउंदै गरेको भए.१ ख १७६५ न. को बस र बिपरित दिशाबाट जाँदै गरेको मे १ ख ३००७ न. को ट्रक जुझ्दा अनियन्त्रित भई ट्रक पुल बाट नदीमा झरेको हो।
सुनसरी र सप्तरी जिल्लाको सिमानामा भएको सो कोशी ब्यारेज पुल सुनसरी जिल्ला अन्तर्गतको ढोका न.९ निकट ट्रक पानी भित्र झर्दा ट्रकमा रहेका चालक,सह चालक लगायत तीन जना मान्छे सुरक्षित पानी भित्र रहेको ट्रक बाट निस्केका थिए।
समाचार लेखुन्जेल ट्रक नदी भित्रै रहेको थियो।