भूपदेव माली,
राजविराज, २९ असार ।
मधवापुरमा पोषण बालबालिका प्रतिस्पर्धा कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य शाखाको आयोजनामा सप्तरीको हनुमाननगर कंकालिनी नपा ४ मधवापुर स्थित स्वास्थ्य चौकीमा वडा का १६६ बालबालिकाको स्वास्थ्य पोषण प्रतिस्पर्धा कार्यक्रम सम्पन्न भएको हो ।
कुपोषणमुक्त प्रदेश अभियान २०७९÷०८० तहत नगरका स्वास्थ्य शाखा अधिकृत विरेन्द्र यादवको अध्यक्षता एवं नगर प्रमुख विरेन्द्र माझीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा जन्म देखि २ वर्ष मूनिका १६६ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गर्दा ८ जना कडा कुपोषण, ३३ जना कुपोषण र १२५ जना बालबालिकाहरु स्व्स्थ्य रहेको ठहर गरिएको छ । यसरी नै १३३ जना मध्ये सनिदेव सदा प्रथम, सुगन्धा कुमारी सदा द्धितिय र अनोज कुमार मंडल तृतिय पूर्ण स्वस्थ्य रहेकोलाई प्रमुख अतिथि द्वारा दिवालघडी पुरस्कार प्रदान गरिएको थियो भने एलिया खातुन, नैना कुमारी राम लगायत ३ जनालाई उपप्रमुख द्वारा सान्तवना पुरस्कार प्रदान गरिएको थियो ।
मधवापुर स्वास्थ्य चौकीका प्रमुख जागेश्वर खडगा कार्यक्रम संचालन गरिएको सो कार्यक्रममा स्वागत मन्तव्य राखेका थिएभने व्यवस्थापन समितिका सदस्य गणेशी यादवले सहभागी मातृहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा मधेश प्रदेशका १३६ पालिकाहरु मध्ये हनुमाननगर कंकालिनी नपा स्वास्थ्य क्षेत्रमा पहिलो स्थान आगटेको र भविष्ण पहिलो स्थानमा रहने प्रतिवद्धता व्यक्त गर्दै स्वास्थ्य सेवा लिन यस पालिका सबै जनतालाई आग्रह समेत गरेका थिए ।