भूपदेव माली,
राजविराज, २९ असार ।
राजविराज टुडे दैनिक समाचार पत्र द्वारा मातृभूमी प्रतिष्ठान नेपाललाई रु. एकलाखको चेक हस्तान्तरण गरिएको छ ।
शुक्रवार राजविराज टुडेका प्रकाशक शम्भु झा द्वारा सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदहमा अवस्थित विपी स्मा. प.मा.वि.का उत्कृष्ट २ जना छात्रको सम्मान तथा पुरस्कारका लागि भारदहमा रहेका मातृभूमि प्रतिष्ठान नेपालका अध्यक्ष सुनिल कुमार लौगी लाई एक कार्यक्रमका बिच एक लाखको चेक हस्तान्तरण गरिएको हो ।
विपी स्मा. प.मा.वि भारदहमा मातृभूमि प्रतिष्ठान नेपाल द्वारा आयोजित पुरस्कार तथा सम्मान कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार लौगीले गरेका थिएभने प्रमुख अतिथीको रुपमा हनुमाननगर कंकालिनी नपाका प्रमुख प्रशासकीय अधिकृत हरीमोहन शर्माले रहनु भएको थियो ।
आयोजित कार्यक्रममा हनुमाननगर कंकालिनी नपाका प्रमुख अतिथी शर्मा द्वारा छात्र दिपेश कुमार माझी, छात्रा दिपा कुमारी मिश्रा र छात्रा पिंकी कुमारी साहलाई सम्मान गर्दै आज राम्रो शिक्षा आर्जन गरिएका विद्यार्थीलाई भविष्ण्मा जिवन निर्वाह कार्यमा महत्वपुर्ण सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा राजविराज टुडेका तर्फबाट प्रतिनिधित्व गर्ने पत्रकार धर्मपाल राउत, शिक्षक योगेन्द्र प्रसाद साह, शिक्षक शिवशंकर मंडल शिक्षा सम्बन्धमा आ–आफ्ना विचार राखेका थिए ।
बैजु दासले कार्यक्रम संचालन गरिएको कार्यक्रममा समाजसेवी संतोष कुमार मंडलले विपी स्मा. प.मा.वि. अन्तर्गत रहेको शिक्षक तथा कक्षा कोठाको अभाव बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा पत्रकार गंगा प्रसाद साह, आनन्द मोहन शर्मा लगायत शिक्षक शिक्षिका, विद्यार्थीहरु समेतको सहभागिता रहेको थियो ।