भूपदेव माली
आषाढ २५ गते/ सप्तरी।
सप्तरीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरि विभिन्न स्वास्थ्य परीक्षणको नाममा शुल्क लिएर विरामीलाई ठगिएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ भारदहकाे कंकालिनी भगवती मन्दिरमा हनुमाननगरका पाथिभरा सामुदायिक हेल्थ केयर सेन्टर प्रा. लि. द्वारा आयोजित एक दिने स्वास्थ्य शिविरमा निशुल्क स्वास्थ्य उपचार भइरहेको खबर सुनेर विहान १०:०० बजेदेखि विरामीहरुको चाप बढ्न जादां पछि विभिन्न जांचको नाममा रु. ५०,रु. १००, रु. ५०० रकम लिन थाल्दा अधिकांश गरीब – निसहाय विरामीहरु उपचार नगराई नै आ-आफ्नो घर फर्कने गरेको स्थानीयहरुले बताउंछन्।
आयोजित शिविरमा एक मात्र डाक्टर प्रेम कुमार यादवले एक सय भन्दा बढी विरामीको सशुल्क स्वास्थ्य परीक्षण गरेर पचासौं हजार रुपैयाँ आम्दानी गरि लगिएको विरामी लक्ष्मी गाईमले बताउनुभयो।
कंकालिनी मन्दिरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हूँदा यस क्षेत्रका गरीब विरामीहरुलाई राहत हुनु भन्दा पनि स्वास्थ्य परीक्षणको क्रममा रकम लुटेर लगेको स्थानीय बद्री पाईकले बताए।