भूपदेव माली,
सप्तरी, १८ मङ्सिर ।
सप्तरीको राजविराज स्थित प.बि. मा.बि. मा विहिवार बाल विवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
सम्पन्न सो कार्यक्रम लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल बिबाह न्यूनिकरण सम्बन्धी १६ दिने अभियान मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा अधिकारकर्मी, सामाजिक कार्यकर्ता, प्रहरी, शिक्षक र बिद्यार्थीहरुबीच भएको हो ।
बालबालिका र किशोरकिशोरीको चेतना अभिबृद्धि गरी सशक्तिकरण ल्याउन र बाल बिबाहका घटनाहरु न्युनिकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
सहायक प्रधानाध्यापक मोहन मिश्रको अध्यक्षता एवम मूल समारोह समितिका संयोजक मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले बाल विवाह अन्त्यका लागि प्रतिबद्धता जनाएका छन् ।
बाल विवाह न्यूनिकरण गर्न बिद्यार्थीहरु सशक्त बन्नु जरुरी रहेको भन्नु हुँदै प्रमुख अतिथी पोखरेलले सबैभन्दा ठुलो जिम्मेबारी बालबालिका, परिवारका सदस्यहरु र समाज समेतको हुने भएकाले बालविवाहको घटनाको निगरानी गर्न सबैको दायित्व रहेको बताउनु भयो ।
समाज र अभिभावकहरुले निगरानी नपु¥याउँदा बाल बालिकाहरु बाल प्रेम बिबाह तथा लागुपदार्थको दुव्र्यसनमा पस्ने गरेको समेत बताउँनु हुँदै पोखरेलले बाल बिबाहले किशोर–किशोरीहरुको शारीरिक एवं मानसिक रुपले स्वास्थ्यमा समेत असर पार्ने हुँदा निगरानी बढाउँनुपर्नेमा जोड दिनु भयो ।
प्रहरी निरीक्षक रामसागर सिंहले बाल विवाह अन्त्यका लागी प्रहरीले समेत विभिन्न कार्यत्रस्म गरिरहेको बताउनु हुँदै बाल विवाह गरेको पाएमा कानुनी दायरामा ल्याएर कारबाही प्रत्रिस्या अगाडी बढाउने प्रतिबद्धता जनाउनु भयो .।
यसरी नै कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका उपाध्यक्ष मीना साह, पत्रकार पिन्टुकुमार यादवले बाल विवाह न्यूनीकरणका लागि विद्यालयले समेत जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र पाठ्य सामाग्रीमा पनि समावेश गर्नुपर्ने बताउनु भयो ।
शिक्षक गिरीराज पौडेल, बिद्यार्थीहरु रबीना यादव, बिक्की मेहतर, नवलकिशोर माझीले बिद्यालय र बालक्लवले समेत यस्ता अभियानमा सहयोग गरिरहेको बताउनु भयो । वक्ताहरुले उमेर नपुगी विवाह गर्नाले स्वास्थ्यमा निक्कै ठुलो समस्या आउने भएकाले बाल विवाह अन्त्यका लागि सबैले लाग्नु पर्ने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने वत्तसहरूले गरिबी, अशिक्षा, सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोग लगायतका कारणले बाल विवाह न्यूनीकरणमा समस्या आएको बताए । अहिले भागी विवाह समस्याका रुपमा अगाडि बढेको समेत सहभागीहरूको भनाइ रह्यो ।
सन् २०१५ मा वेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारले सन् २०२० भित्र बाल विवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० सम्ममा नेपाललाई बाल विवाह अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।
१६ दिने अभियान अन्तर्गत शुक्रबार राजविराज नगरपालिकामा जनप्रतिनिधीहरुसँग कानुनी शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने आयोजकले जनाएको छ ।