भूपदेव माली
आषाढ २३ गते/सप्तरी।
कक्षा ८ र एस्इइमा उत्कृष्ट जिपिए ल्याउने सँस्थागत एवं सामुदायिक विद्यालयका परीक्षार्थीहरू लाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका द्वारा पुरस्कार सहित सम्मान गरिएको छ।
विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले कक्षा ८ र एस्इइमा उत्कृष्ट जिपिए ल्याउने नगरका सामुदायिक तथा संस्थागत विद्यालयका ७ जना परीक्षार्थी छात्र छात्राहरुलाई नगरपालिकाद्वारा पुरस्कार एवं सम्मान गरिएको हो।
शनिबार नगरपालिका द्वारा आयोजित सम्मान कार्यक्रमको अध्यक्षता नगरप्रमुख वीरेन्द्र माझीले गरेका थिए भने बिशिस्ट अतिथीको रुपमा उपमेयर सरिता देवी यादव रहेको कार्यक्रममा उत्कृष्ट विद्यार्थी एवं विद्यार्थी पढ्ने विद्यालयका प्रअ- प्रिन्सिपल अभिभावक तथा शिक्षा अधिकृत, शिक्षा समितिका सदस्य वडाध्यक्षहरु, कंकालिनी भगवती मन्दिरको उपाध्यक्ष ,नगरका प्रमुख प्रशासकीय अधिकृत लगायतका उपस्थिती रहेको थियो।
नगरको शिक्षा शाखा अधिकृत हरि नारायण शाहले कार्यक्रम संचालन गरिएको कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत हरिमोहन शर्मा ,शिक्षक गणेश यादव ,शिक्षक थानेश्वर साह, शिक्षक छत्र नारायण दास, सिक्षक दिलिप दास, छात्र सुनिल कुमार मण्डल,छात्रा सपना कुमारी ,छात्र रोहित कुमार यादव,छात्रा तिरुमला मेहता, अभिभावक हर्षित मण्डल लगायतकाले शिक्षासम्बन्धी आ-आफ्ना बिचार राखेका थिए।
नगरको सभाहलमा आयोजित कार्यक्रममा कक्षा ८ का रोहित कुमार यादव ,तिरुमला मेहता, अभिषेक कुमार साह, अंकित मिश्रा र रन्जना कुमारी पण्डितलाई फूलमाला दोसल्ला द्वारा सम्मान र एक बर्ष सम्म अध्ययन गर्ने गर्नसक्ने शैक्षिक सामग्री र एस ई ई मा सबभन्दा बढी ३.८५ जीपीए ल्याउने सुनिल कुमार मण्डल र ज्योति यादवलाई फूलमाला दोसल्ला द्वारा सम्मान तथा शैक्षिक सामग्री र ल्यापटप सहित प्रदान गरी पुरस्कृत गरिएको छ ।
कार्यक्रममा यी पुरस्कृत बिधार्थीहरुलाई निकट भविष्यमा डाक्टर, इन्जिनियर जस्ता उच्च ओहोदामा जाने विश्वासका अपेक्षा गरेको र शिक्षा क्षेत्रमा अझ व्यापक लगानी गर्दै सुधारतर्फ जाने मेरो प्रतिबद्धता रहेको मेयर माझीले बताउनुभयो।
आयोजित यो सम्मान कार्यक्रमले विद्यार्थीहरुलाई उच्च शिक्षा तर्फ जाने प्रेरित गर्छ र शिक्षा बलियो भएमात्र नगरको विकास सम्भव हुने उपमेयर सरिता यादवले बताउनुभयो।