ईमधेश न्युज संवाददाता
महोत्तरी, असार २३ गते ।
महोत्तरीको बर्दिवासमा मधेशको भाषा, पहिरन , संस्कृति आदिको इतिहास लेखन सम्बन्धी राष्ट्रिय सम्मेलनको समापन भएको छ।
मधेश प्रज्ञाप्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ” भ्रमर ” को अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषा आयोगको अध्यक्ष डा. गोपाल ठाकुरले मधेशमा रहेका हरेक भाषा, संस्कृति, पहिरन आदि को वास्तविक खोजी गरी मधेश को इतिहास लेख्ने एवं इतिहास लेखन कार्यमा भाषाको बढी महत्व हुँदा विचारनिय भएको बताउनु भयो।
मधेस प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रमा भाषा आयोगको सदस्य गोपाल अस्कले ” पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको मधेसका सबै जातजाति, भाषाभाषी र संस्कृतिको प्रामाणिक तथ्य खोज्न अनुरोध गर्दै “हाम्रो विगतका जे–जस्ता उत्पीडन र शोषणका घटना छन्, ती जस्ताको त्यस्तै खोजिउन्, लेखिउन्”, भन्ने तर्क प्रस्तुत गर्नु भएको थियो।भन्नुभयो, “यिनमा कोच, मिथिला, लुम्बिनी (अवध) र पश्चिम थारूका प्राचीन परम्परा कुनै नछुटुन् ।” उहाँले इतिहास लेखनका क्रममा मधेसका विभिन्न क्षेत्रमा फरक–फरक भाषा र चालचलनको खोजी गर्न पनि विज्ञहरूसँग आग्रह गर्नुभयो ।
नाटककार रमेश रंजन झाले ‘तराई मधेस अन्तर्गत रहेका पुर्व मेची देखि महाकाली सम्म हरेक जातजातिका रीतिथिति, संस्कृति, भाषा, लवाइखुवाइ रहनसहन, मधेस प्रदेशको साहित्य, संस्कृति’ र ‘मधेस प्रदेशको भाषा/ कला’सम्बन्धी हरेक तथ्य को आधारमा नाटक मञ्चन, सांस्कृतिक कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो।
मधेश प्रदेशको भाषा – साहित्य,कला- संस्कृति, रीतिरिवाज आदिको संरक्षण – समर्द्धन गर्ने उद्देश्यले स्थापना भएको मधेश प्रज्ञाप्रतिष्ठानका सदस्य दिनेशकुमार यादव द्वारा आयोजित कार्यक्रमलाई धन्यवाद ज्ञापन गरेका थिए।