भूपदेव माली
आषाढ २० गते/सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-३ गिदखोरा स्थित लोकमार्गमा स्थानीय वासिन्दाले हरेक वर्ष वर्षातमा महुली नदीको बाँध भत्किएर वा बांध माथि बाट पानी गाउँ घरमा पस्ने गरेको र यस वर्ष पनि बाँध कटान हुनु संगै बांध माथि बाट पानी बग्नाले केही घरहरू डुवानमा परेका हुँदा स्थानीय सरकार लगायत सम्बन्धित निकायले बाँध नियन्त्रणमा चासो नदिएको भन्दै स्थानीय बासिन्दाहरू आक्रोशित भएर चक्काजाम गरिएको थियो।
राजविराज — पूर्व पशिचम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी ३ स्थित महुली पुलमा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक राउण्ड हवाई फाइर गरेको छ ।
हरेक वर्ष वर्षातमा महुली नदीको बाँध भत्किएर बस्तीमा पस्ने गरेको र यस वर्ष पनि बाँध कटान हुन थाले पनि स्थानीय सरकार लगायत सम्बन्धित निकायले बाँध नियन्त्रणमा चासो नदिएको भन्दै स्थानीय बासिन्दाहरूले केही घण्टादेखि दुई घण्टा भन्दा बढी समयदेखि सडक अवरुद्ध गरि प्रदर्शन गर्दैआएका थिए ।
महुली खोला बाट बालुवा को निकाश गर्न अनुमति, महुली खोला को नयाँ पूल निर्माण,र महुली खोलाको दूबै तिर बांध निर्माण गर्न मांग राख्दै आक्रोशित स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग बुधबार दिउँसो सडक अवरुद्ध गरेका हुदाँ सडक खुलाउन गएका प्रहरी र बन्दकर्ताबीच झडप समेत भएको हुँदा सडक खुलाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै हवाई फायर समेत गरेको छ।
सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले भने राजमार्ग खुलाउन सामान्य बल प्रयोग गर्नुका साथै सटगनबाट एक राउण्ड हवाई फाइर गरिएको र अहिले राजमार्ग सञ्चालन भएको बताएका छन् ।
यता महुली खोलाको सतह दिनप्रतिदिन बढ्दै गएको हूँदा खोला बाट बालुवा निकासी गर्न सकियो भने केही समस्या कम हुने स्थानीयहरुले बताउंछन्।