भूपदेव माली
आषाढ १५ गते/ सप्तरी।
भारदहकाे कंकालिनी भगवती मन्दिरको चौहदी क्षेत्रमा सरसफाईका लागि नव समिति र ब्यपारी बिच एक बैठकमा समन्वय भएको छ।
पुर्बी नेपालको प्रसिद्ध शक्तिपीठ हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहमा अवस्थित कंकालिनी भगवती मन्दिर क्षेत्रमा रहेको फोहरमैला व्यवस्थापन गर्ने विषयमा मन्दिर क्षेत्रका व्यापारीहरु र समिति बीच हिजो विहिवार एक बैठक गरी समन्वय भएको हो।
क्षेत्र मधेश प्रदेशको प्रवेश द्वार एवं कोशी नदीको पश्चिमी छेउमा अवस्थित रहेको सो मन्दिरमा पर्यटकीय सुविधा सम्पन बनाउन र मन्दिर क्षेत्रलाई सफासुग्घर राख्न मन्दिर विकास समिति द्वारा समितिका सदस्य बिनोद कुमार रजकलाई सरसफाई, खानेपानी तथा वातावरण व्यवस्थापन गर्ने जिम्मेवारी दिदै मन्दिर क्षेत्रमा रहेको प्रत्येक पसललाई फोहर मैला थैलीमा वा डस्टबिनमा राख्न, थप सफाई कर्मी कर्मचारी नियुक्ति गरी फोहर फाल्ने गाडी समेतको व्यवस्था मिलाउन कार्य दिएको मन्दिर समितिका नवनिर्वाचित अध्यक्ष श्यामसुन्दर मण्डलले बताए।
यसरी नै यस अघिका बैठकमा मन्दिरको व्यवस्थापन मिलाउन मन्दिर समितिका सदस्यहरुलाई कार्य विभाजन गरिएको थियो।सो अनुसार मन्दिरको आन्तरिक बजार ब्यबस्थापन मिलाउन बद्री नारायण शाहलाई, विद्युत तथा संचार क्षेत्रको जिम्मेवारी खगेन्द्र प्रसाद मण्डललाई, होटल, धर्मशाला तथा मेष व्यवस्थापन जितेन्द्र कुमार माझीलाई, पूर्वाधार, विकास, अनुगमन तथा नियमन सदस्य अशोक कुमार ठाकुरलाई, जिन्सी तथा स्टोरको जिम्मेवारी सदस्य विहारी मण्डललाई, छगरासुर, महिषासुर,पोखरी एवं नाला व्यवस्थापन अनिता देवीअधिकारी लाई दिइएको समितिका उपाध्यक्ष लक्ष्मण मण्डलले जानकारी गराउनुभयो।
समिति को यो दोस्रो बैठक सम्पन्न भएको जनाएको छ।