देश संघीयतामा आउनुभन्दा पूर्व नै नगर एवं गाउँपालिकाहरुले बृहद् कार्यक्रमहरु द्वारा आफ्ना गाउँ तथा नगरलाई खुल्ला दिशामुक्त, बालश्रम मुक्त आदि घोषणा गरिसकेका छन् । तर धेरैले आफ्ना बालबालिकाहरुलाई पढ्नुभन्दा श्रम गर्नतिर लगाएका छन् भने धेरैको घरमा अझै पनि शौचालयको व्यवस्था छैन, लुकी छिपी खुल्ला मै शौच गर्ने गरेका छन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बस स्टेण्ड, हटिया बजार , मठमन्दिर आदि धेरै सार्वजनिक स्थानहरुमा अझै पनि सार्वजनिक शौचालयको ब्यबस्था नहुनु , बजार क्षेत्रमा सफाई कर्मीहरुको ब्यवस्था नहुनु, सडकमा गाई-बाख्रा छाडा छोड्नु आदि तिर नगरप्रमुख र सम्बन्धित निकायको ध्यान गएको देखिँदैन वा जानी-जानी वास्ता नगरेको भन्ने विषय चर्चामा छ। नगर प्रमुखले बढी कमिशन कुन काम गर्दा हुन्छ उतैतिर ध्यान केन्द्रित गर्नू मात्र नभएर आफ्नो नगरलाई सफा सुग्घर र व्यवस्थित पार्नु दायित्व पनि हो।
पूर्वी नेपालको चर्चित शक्तिपिठ भारदहकाे कंकालिनी भगवती मन्दिर क्षेत्रको चारै तिर फोहोर हुनु , मन्दिर क्षेत्रमा प्रयाप्त शौचालयको व्यवस्था नहुँदा मन्दिरमा पूजा तथा दिप बत्ती बाल्न आउने महिला भक्तजनले मन्दिरको पूर्वपट्टी रहेको कोशी बाँधको छेउछाउमा दिसा गर्न ,पिसाब फेर्न बाध्य रहेको नगर प्रमुखको आँखाबाट लुकेको छैन।
भारदह बाजार क्षेत्रको सडकहरुमा जत्रतत्र बाख्रा -खसी, बस्तुहरु डुली रहदा सडकमा गुड्ने सवारी साधनलाई अवरोध मात्र नभई दुर्घटना समेत हुने हुँदा यसलाई नियन्त्रण गर्ने कार्य नगरको हो, बाजार क्षेत्रलाई सफा सुगर बनाउने कार्य नगरको हो, मन्दिर क्षेत्रलाई सफा सुग्घर तथा सो क्षेत्रमा शौचालयको निर्माण गर्नुपर्ने नगरपालिकाको दायित्व भएकोले नगर प्रमुखले आफ्नो जिम्मेबारी वहन गर्नु पर्दछ।