लिलाकान्त यादव/शुभ नारायण यादव ,
राजविराज, १८ मंसिर ।
अन्तर्राष्ट्रिय अपाङग्ता दिवसकाे अवसरमा आज सप्तरी सहित मुलुकभरि विविध कार्यक्रम आयोजना गरि मनाइएको छ । सोही क्रममा सप्तरीको राजविराज स्थित सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीको प्राङ्गणमा अपाङ्गताहरुको कार्यक्रम सम्पन्न भएको छ ।
२९ औं अपाङ्ग दिवसको अवसरमा सम्पन्न सो अपाङ्ग कार्यक्रमका अध्यक्षता सगरमाथा अपाङ्ग संघ सप्तरीका अध्यक्ष बलदेव मंडलले गरेका थिए भने प्रमुख अतिथीको रुपमा धर्मी हल्फा महिला विकास क्लवका अध्यक्ष इ. सूर्य नारायण यादवले ६० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई थाली, गिलास, धोती र साडीले सम्मान गरेका थिए । सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरी एवं सप्तरी बहिरा संघ सप्तरीको आयोजना एवं धर्मी हल्फा महिला विकास क्लवको सहयोगमा सम्पन्न सो कार्यक्रममा नेपाल सरकार द्वारा प्रदत्त अपाङ्ग सम्बन्धी सम्पूर्ण अधिकारलाई व्यवहारमा उतार्न गरिएको प्रयास र अपाङ्गता भएका ब्यक्तिहरुको हरेक क्षेत्रमा पहुँच तथा समाजमा समान व्यवहारको स्थापना गर्ने विषयमा अधारित रहेको थियो ।एस.एन.भीका सल्लाहकार कृष्ण कुमार जिसी एवं अपाङ्ग महासंघ प्रदेश नं. २ का सदस्य विरेन्द्र कुमार चौधरी विशिष्ट अतिथी रहेको सो कार्यक्रममा प्रमुख अतिथी इ. यादवले विशिष्ट अतिथी, अतिथी लगायत मधेश न्यूजका पत्रकार भूपदेव मालीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
अपाङ्गहरुको अधिकारलाई विश्वव्यापी रुपमा स्थापित गर्ने उद्देश्यको क्रममा सन् १९८१ लाई संयूक्त राष्ट्र संघको महासभाले अन्तराष्ट्रिय अपाङ्गता वर्षको घोषणा गरी सन १९९२ बाट हरेक वर्षको डिसेम्वर ३ तारिखका दिन विश्व अपाङ्ग दिवस मनाउन थालिएको हो । हाम्रो नेपालमा सो दिवस सन २०१३ बाट मनाउन थालिएको हो ।
संसारको कूल जनसंख्याको ५ प्रतिशत जनसंख्या कुनै–नकुनै रुपमा अपाङ्गताका शिकार छन भने नेपालमा कूल जनसंख्याको २ प्रतिशत अपाङ्ग रहेका छन् । २०६८ को जनगणना अनुसार नेपालमा ३० लाखको हाराहारीमा अपाङ्गता भएका मानिसहरु छन् ।
सयजना भन्दा बढी अपाङगहरुको सहभागिता जनाएको सम्पन्न सो कार्यक्रममा नेपालको नयाँ संविधानले अपाङ्गका लागि निशुल्क शिक्षा तथा स्वास्थ्य सेवा उल्लेख गरेतापनि सो सेवाबाट अझैपनि सम्पूर्ण अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच हुन नसकेको र शिक्षा ऐनमा पनि निशुल्क शिक्षा ब्यवस्था नरहेको हुदाँ सो व्यवस्था लगायत शिक्षा क्षेत्रमा अपाङ्गहरुका सम्बन्धी सहजताका लागि व्रेललीपी एवं सांकेतिक भाषाको शिक्षा व्यवस्था हुनु जरुरी भएको विशिष्ट अतिथी विरेन्द्र चौधरीले मन्तव्यमा राखेका थिए ।
यसरी नै अपाङ्गहरुका लागि नेपाल सरकारले प्रत्याभूत गरेका अधिकार तथा लगानी प्रयाप्त नभएको भन्दै अपाङ्गहरुका लागि प्राविधिक सुलभताको व्यवस्थामा हुनुपर्नेमा प्रमुख अतिथी सूर्य नारायण यादवले जोड दिएका थिए ।
यसरी नै सैनिक श्रीमती सङघ काठमाडौंले सप्तरीका १२ जना अपांगता भएका ब्यक्तिहरुलाइ एक कार्यक्रमका बिच ब्लयाङकेट तथा ह्विलचेयर वितरण गरेका हुन । सप्तरीको खडक नगरपालिकाका आर एन चोधरी ,मो. सहिद ,अनिता मण्डल ,नरेन्द्र महतो ,दुखिलाल चोधरी ,ज्योती कुमारी मण्डल ,रामअवतार मण्डल ,कलरु चोधरी ,गजेन्द्र मेहता ,मरजिना खातुनलार्इ सो सामग्री वितरण गरेका छन । सामाजिक अभियान्ता एवं महिला नेतृ सुनिता साहको अध्यक्षता तथा सैनिक श्रीमती सङघ कि केन्द्रीय सदस्य सुप्रिया थापाको प्रमुख आतिथ्यमा आयोजित सो सामग्री वितरण समारोहमा युवा पत्रकार शुभ नारायण यादव , श्री भिम दल गणका सेनानी कुशल गिरी ,राजेन्द्र कार्की ,समाजसेवी डाक्टर शरद सिह यादव ,बोदे बरसार्इनका राम नारायण मण्डल लगायतकाहरुले आ– आफ्नो धारणा राख्नुभएको थियो । त्यस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सप्तरीको सदरमुकाम राजविराजका साथै जिल्लाको डाक्नेश्वरी नगरपालिकामा समेत बृहत् ¥याली निकालेर मनाएका छन ।