भुपदेव माली
जेष्ठ २९ सप्तरी ।
म अध्यक्ष भएमा स्वच्छ पानीको लागि कोशी नदीको पानी कंकालिनी मन्दिर परिसरमा ल्याउने कंकालिनी भगवती मन्दिर विकास समितिमा अध्यक्ष पदका लागि मनोनयन दर्ता गरिएका गुलाब मण्डल ले बताउनु भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ भारदहमा अवस्थित प्रसिद्ध शक्तिपीठ कंकालिनी भगवती मन्दिरको समितिका लागि हुने निर्वाचनमा घरदैलो कार्यक्रम गर्ने क्रममा मधेश न्यूजका संवाददाता भूपदेव माली संग साक्षात्कार हुदै मण्डलले सो कुरा बताउनुभएको हो।
वहाँले मंदिरको पछाडि पट्टि रहेको विशाल दह ( ताल) लाई सौन्दर्यीकरण गरी मन्दिरको पर्यटकीय विकासका लागि संरचना निर्माण गर्ने बताउँदै मन्दिर परिसर क्षेत्र लाई फराकिलो पार्न अतिक्रमित जग्गा जमीन खाली गरेर उपयोगमा ल्याउने बताउनुभयो।
१५ सय भन्दा बढी मतदाता रहेको सो विकास समितिको आन्तरिक तथा बाह्य आम्दानी करोडौं रहेको हुनाले म जस्तै पदाधिकारी भएमा राम्रो व्यवस्था एवं विकास हुन सक्छ बताउनुभयो र जेठ ३२ गतेका दिन हुन लागेको निर्वाचनमा जनता संग बढी मतको आग्रह समेत गर्नुभयो।