भूपदेव माली
जेष्ठ १० गते/ राजबिराज।
सप्तरीको राजविराजमा पब्लिक प्रेस राष्ट्रिय दैनिक पत्रिकाको कार्यालय उद्घाटन गरिएको छ।
लगभग एक वर्ष देखि दैनिक रुपमा प्रकाशन हुँदै आएको सो दैनिक पत्रिका एवं अनलाईन चैनलको कामकाज गर्न आवश्यक ठानेर सो कार्यालयको विधिवत् उद्घाटन गरिएको हो।
राजविराज नगरपालिका वडा नम्बर-२ को राजदेवी चौक स्थित स्थापना गरिएको पत्रिकाको कार्यालय उद्घाटन कार्यक्रमको अध्यक्षता पत्रिकाको सम्पादक नविन निर्भय यादवले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा रहनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि झा एवं विशिष्ट अतिथि श्रवण देव द्वारा संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्दै सामाचार समाजको ऐना भएको हुँदा पत्रिकाको सम्पादन गर्ने क्रममा सत्यतथ्य घटना लेख्ने, उर्जावान लेख विचार राख्ने गर्नुपर्छ भन्दै पत्रिकाको सफलता एवं सम्पादन कार्य निरन्तर रुपमा चलिरहने शुभकामना सहित मन्तब्य राखेका थिए।
विद्यानन्द यादवले कार्यक्रम संचालन गरेको सो कार्यक्रममा
स्वागत मन्तव्य, पब्लिक प्रेसको प्रकाशक पिन्टु यादवले राखेका थिए भने ,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र कार्की, पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष श्रवण देव, आदिवासी जनजाति महासंघ का पत्रकार वृजमान तामाङ, प्रेस चौतारी नेपाल शाखा सप्तरीको अध्यक्ष डम्बर राई, प्रेस संगठन सप्तरीको अध्यक्ष दिनानाथ यादव , नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सल्लाहकार एवं मानव अधिकार कर्मी मनोहर पोखरेलले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथि द्वारा हाम्रो अफसेट प्रेसका प्रोप्राइटर बालेश्वर यादवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।