भूपदेव माली,
राजविराज १६ मंसिर ।
कक्षा १२ का परिक्षा देशव्यापी रुपमा शान्तिपूर्ण तरिकाले मंगलवार सम्पन्न भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कारोना महामारीका कारण राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालयले स्थगित गरिएको थियो । यद्यपि महामारीले लामो समयसम्म ताण्डव मचाउँदै गर्नाले परिक्षार्थीहरुको स्वास्थ्यलाई असर नहुन दिन स्वास्थ्य सम्बन्धी मापदण्डको निर्देशन साथ मंसिर ९ गते देखि परिक्षा संचालन गरिएको थियो ।
कुनै पनि परिक्षार्थीको माध्यमले अन्य ब्यक्तिलाई कोरोना संक्रमण हुन नदिन सरकार तथा स्थानिय निकायले आवश्यक व्यवस्थापन गरी आवश्यक लगानी समेत गरेतापनि कतिपय परिक्षा केन्द्रहरुमा मापदण्डको पालना गर्न सकिएन । कतिपय विद्यालयहरुमा स्वास्थ्यकर्मीहरुको अनुपस्थिती मात्र रहेन स्थानिय निकायले प्रदान गरिएका सेनेटाईजर लगायत स्वास्थ्य सम्बन्धी सामग्रीबाट समेत बंचित रहे । कुनै परिक्षा स्थलमा केन्द्राध्यक्षको लापर्वाही गरेका थिएभने कुनै–कुनै परिक्षा केन्द्रहरुमा स्वास्थ्य शाखा प्रमुखका लापर्वाही भएको देखियो ।
देशभरि ब्यापक रुपमा फैलिदै गरेको कोरोना महामारीले सेकडौको ज्यान लिई सकेको अवस्थामा कक्षा १२ का परिक्षार्थीहरुको स्वास्थ्यसँग खेलवाड गरेका सम्बन्धीत निकायका सेवारत कर्मचारी शिक्षकहरुको क्रियाकलाप प्रति जनता द्वारा भत्र्सना भईरहदा पनि परिक्षा अवधि भित्र क्रियाकलापमा सुधार नभएको अभिभावकहरुले बताउँछन ।
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नपा अन्तर्गतका परिक्षा केन्द्रहरुमा निर्देशित मापदण्डको पालना भएपनि राजविराजका केही परिक्षा केन्द्र, कंचनरुप नपाका अन्तर्गतका केही परिक्षा स्थल, बोदेबरसाईन लगायतका अधिकांश परिक्षा केन्द्रहरुमा मापदण्डको पालना नभएको परिक्षार्थी एवं अभिभावकहरुले बताए ।