ईमधेश न्यूज सम्वाददाता…
राजविराज, ०९ जेठ ।
मधेश प्रदेश सरकारमा मंगलवार तीनजना नव नियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलवार चयन गरेको मन्त्रीहरु कृष्ण प्रसाद यादव, बिरेन्द्र कुमार सिंह र गोविन्द न्यौपानेले शपथग्रहण गरेका हुन् ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका हुन् । कांग्रेस संसदीय दलका नेता यादव भौतिक पूर्वाधार, सिंह स्वास्थ्यमन्त्री तथा एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि भएका छन् ।
न्यौपानेले पाएका मन्त्रालयमा यस अघि जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाह मन्त्री थिए । २९ पुसमा विना विभागीय मन्त्री बनेका कुशवाहले १३ माघमा कृषि मन्त्रालयको जिम्मा पाएका थिए ।
मुख्यमन्त्री यादवले कुशवाहलाई विना विभागीय मन्त्री बनाएका छन् ।