भूपदेव माली
जेष्ठ १ गते/ सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -२भारदहमा ट्राफिकको सडक सुरक्षा सम्बन्धी साप्ताहिक कार्यक्रमको शुभारम्भ शुभारम्भ भएको छ।
इलाका प्रहरी कार्यालय भारदह एवं ट्राफिक प्रहरी पोष्ट भारदहको संयुक्त आयोजनामा सोमबार सप्ताहिक रुपमा देशैभरी शुभारम्भ गरिएको सडक सुरक्षा सम्बन्धी अभियान तहत ट्राफिक नियमको पालना गर्न सो कार्यक्रम गरिएको हो।
“दुर्घटना घटाऔं, मान्छे बचाऔं ,सुरक्षित यात्रा हाम्रो चाहना ,दुर्घटना रहित समाजको स्थापना” मूल नाराका साथ शुभारम्भ गरिएको सो कार्यक्रम बि.पी. स्मारक पब्लिक माध्यमिक विद्यालयका भारदहका छात्र- छात्राहरु, इलाका प्रहरी कार्यालय भारदहका प्रहरी टोली, भारदह बजारका सिटी रिक्सा चालक समुह, स्थानीय बुद्धिजीवि, ब्यापारी, वडा नम्बर १का वडाध्यक्ष सहित द्वारा निकालिएको जूलूश सडक सुरक्षा सम्बन्धी विभिन्न नाराहरू र सो सम्बन्धी पर्चा पंपलेट बितरण गर्दै भारदह बजार परिक्रमा गरि सभा गरिएको थियो।
कार्यक्रममा वडा अध्यक्ष श्रेणी मण्डलले सडक सुरक्षा सम्बन्धमा लामो वक्तव्य राखेका थिए भने इलाका प्रहरी कार्यालय भावका प्रहरी सहायक निरीक्षक दिलिप खड्काले लागूऔषध न्युनिकरण बारे धर्म प्रस्तुत गरेका थिए ।कार्यक्रममा सडक सूरक्षा सम्बन्धी यो कार्यक्रम एक सप्ताह सम्म चल्ने ट्राफिक प्रहरी पोष्ट भारदहका प्रहरी सहायक निरीक्षक टेक बहादुर बस्नेतले जानकारी गराए।