भूपदेव माली
जेष्ठ १ गते/ सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर 3 हप्तामा एक युवकको शंकास्पद अवस्थामा मृत्यु भएको छ।
लगभग विहान ४:०० बजेआफ्नै सुत्ने कोठामा फेला परेको युवकको शव स्थानीय रामनारायण राम ( कैला राम) को २० वर्षीय छोरा रुपेश रामको रहेको पहिचान भएको हो।
मृतक रामको करेन्ट लागेर मृत्यु भएको टोलमा हाल्ला भएपनि घाँटीमा नीलडाम, जिब्रो टोकेको, खुट्टाको कतिपय ठाउँमा रगत निस्केको, शरीर कालो नपरेको अवस्थामा रहेको हुँदा मृतकलाई करेन्टबाट मृत्यु नभई पासो लगाएर झुन्डिएर मृत्यु हुनसक्ने आशंका गरिएको छ मृतकको शबलाई तत्काल भारदह अस्पताल भारदहमा पुर्याएको थियो सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक अनिल राय सहितको टोली पुगेर शवको मुचुल्का तथा पोष्टमार्टम प्रकृयाका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई सूचना गरिएको थियो। मृतकको सबलाई तत्काल भारदह अस्पताल भारदहमा पुर्याएको थियो।
सामाचार प्रकाशित हुन्जेलसम्म शवलाई पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अंचल अस्पताल लगिएको थिएन। पोष्टमार्टम नहुन्जेलसम्म अनुसन्धान कार्य बाँकी नै रहने प्रहरीको भनाइ छ।