ऊधारो लिएर भएपनि आज मनभरी हांसौ र हंसाऔं।
हाँसो एक सकारात्मक एवं शक्तिशाली भाव हो,यसले जीवनमा यस तथा आशाका किरणहरु थप्ने काम गर्दछ। हाँसोले खासमा हुन कुनै कुरा वा पिडाहरुलाई निकोपार्न अथवा समाधान गर्न सक्दैन, तर यसले धेरै कुरा तथा पिडाहरुलाई छेउ लगाउँदै, पर सार्दै जीवनको यथार्थ मूल्य आत्मसाथ गर्न मद्दत गर्नसक्छ। त्यसैले मानिसलाई दुखमा पनि हास्न सिक्नु पर्छ। आज जीवनको सारा दूख- पिडाहरुलाई बिर्सेर पनि हासौं। किनभने आज विश्व हासोँ दिवस हो।
मे महिनाको पहिलो आइतबारका दिन विश्व हांसो दिवस मनाउने गरिन्छ।मे ७ तारिखका दिन मनाइने यो दिवस प्रथम पटक भारतको महाराष्ट्र राज्यको मूम्बई सहरमा मनाइएको थियो।
आजको दिनले हरेक मानिसले एकले अर्काको अनुहारमा हाँसो देखेर, अनुभूति गरेर जीवनका असंख्य तनावहरु बिर्सदै एक दिनका लागि भएपनि आनन्दित महसुस गर्दछ। आजको दिनले विश्व बन्धुत्व, भातृत्व अनि शान्ति समेतको वकालत गर्दछ। एक पलमा हजार जीवन र एक हाँसोमा हजार खुशी सम्झेर आफ्नो लागि नभएपनि अरूकै लागि भएपनि हासौं।
मानिसलाई हांस्नका लागि सम्पत्ति वा पैसा चाहिन्दैन, मात्र मन – दिल चाहिन्छ। खुशी चाहिन्छ। कसैलाई करोडौंको सम्पत्ति भएर पनि खुशीको अभावमा मन परेका आहार भोजन गर्न सकिदैन भने उसको लागि सम्पतिको कुनै अर्थ रहँदैन।तर कुनै गरीब मानिस संग केहि नभए पनि खुशी छभने छ सधै हांसी नै रहन्छ। तसर्थ एक हाँसो भित्र करोडौंको सम्पत्ति लुकेको हुन्छ। त्यसैले आज विश्व हासोँ दिवसको अवसरमा आफ्ना हरेक चित – परिचितहरुमा दिल खोलेर हाँसोको प्रदर्शन गरौं।