भूपदेव माली
बैसाख १८ /गते सप्तरी।
जीवन बिकास लघुबित बितिय संस्था प्रमुख केन्द्र भारदहकाे प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
संस्थासँग आवद्ध भारदह केन्द्रका सम्पूर्ण सदस्यहरुलाई संस्थाको बचत तथा ऋण सम्बन्धी पारदर्शीता, संस्थाको उद्देश्य तथा कार्यक्रमहरूको संगै गरिब- असहाय बालबालिकाहरुको लागि शिक्षा क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले सो कार्यक्रम सम्पन्न भएको हो।
सोमवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -१ भारदह स्थित कंकालिनी भगवती मन्दिरको पार्टी प्यालेसमा आयोजित सो कार्यक्रमको अध्यक्षता विभागीय प्रमुख विजय कुमार मण्डलले गरेका थिए भने प्रमुख अतिथीको रुपमा हनुमाननगर कंकालिनी नगरपालिका का मेयर वीरेन्द्रकुमार माझी र बिशिस्ट अतिथीको रुपमा उपमेयर सरिता यादव रहेका थिए।
भारदह केन्द्र संग आवद्ध १५९ जना सदस्यहरु सहभागी भएको सो कार्यक्रममा भारदह केन्द्रका प्रमुख सकुन्तला राजबंशीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य तथा संस्थागत जानकारी गराएका थिए भने संस्थाको प्रधान कार्यालय विराटनगरबाट आउनुभएका लघुवित्त विभागका वरिष्ठ अधिकृत मनोज कुमार बर्माले संस्था सम्वन्धि विस्तृत विश्लेषण सहितका मन्तब्य राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथि एवं विशिष्ट अतिथि द्वारा उत्कृष्ट केन्द्र,त्रृणी, उत्कृष्ट बचतकर्ता, उद्यमी सदस्य गरी ६ जना दलित परिवारका बाल -बालिकाहरुकालाई एक वर्षका लागि छात्रवृत्ति तथा स्टेशनरी बैग र बैग भित्र कापी, कलम, टिफिन बौक्स, पानी पिउने बोतल, विद्यालयको पोषाक तथा जुत्ता समेत शैक्षिक सामग्री प्रदान गरिएको थियो भने उपस्थित सम्पूर्ण सदस्यहरुलाई साग एवं तरकारीको विउ- विजन सहित झोला प्रदान गरिएको थियो।
बचत सेवा, ऋण सेवा ,बीमा सेवा र रेमिटान्स सेवा समेत भएको सो संस्थाको जम्मा २४ वटा जिल्लाहरुमा १५९ वटा शाखा रहेको र हालसम्म जम्मा ३४४८९८ सदस्यहरू सँगै २१८५१६ जना त्रृण लिनेहरु रहेका छन्।९३५ जना कर्मचारीहरु कार्यरत रहेको सो संस्थामा हालसम्म कुल बचत रु १०,००,०९,७६,२१९ र २३,५४,८२,२४,००५ रु त्रृणमा रहेको छ। प्रमुख केन्द्र भारदहमा सदस्य संख्या ५९१, ऋणी४०६, बचत रु ४५,०३,५०६ र १,८२,०६,०७७ ऋण लगानीमा रहेको छ।
जीवन विकासका लागि यो सँस्थाले जीवन-विकास बालशिक्षा, बालबालिका अध्ययन केन्द्र ,नव विहानी, सुरक्षित आवास जस्ता समाजिक अभियानहरु समेत सञ्चालन गरिएको छ।
संस्थाका सप्तरी जिल्ला प्रमुख राकेश कुमार साहले कार्यक्रम संचालन गरेको कार्यक्रमका प्रमुख अतिथिको आसनबाट मेयर माझीले यो संस्थाले ‘बिनाधितो तपाईलाई ऋण सहयोग सेवा गरिराख्दा तपाईंले पनि समयमै ऋण चुक्ता गर्ने र संस्थाबाट सेवा आदानप्रदान गर्नु पर्दछ’ बताउनुभयो।