मधेशको विकास तथा मधेसीको पूर्ण अधिकार का लागि संघर्ष जारी राख्नु : सम्पादकीय
मधेशीको सम्पुर्ण अधिकारको प्राप्ति तथा संघीयताको मुद्दा उठाएर विभिन्न आन्दोलनहरूको वृत्त गरिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव विगतको संस्कृति सप्तरीको सशक्त क्षेत्रमा -२ बाट पराजितको सामना गर्नुपरेको थियो । तर मुलुकमा जम्मा तीनवटा संसदीय क्षेत्रको उप निर्वाचनमा बाराको क्षेत्र नम्बर २ बाट लगभग पांच हजार मतको मतान्तरले विजय प्राप्त गर्नुभएको कारकतत्व मधेशको विकासका लागि राष्ट्रिय राजनीतिमा उपेन्द्र यादवको खाँचो लाई पूर्ति गर्नु नै हो भन्ने पुष्टि भएको छ।
यादव नेतृत्वका दल सरकारमा रहेर मधेशको विकास तथा मधेसीको आधि- अधुरो अधिकारलाई राज्यको संविधानमा प्रत्याभूत गर्न संसदमा बुलन्द आवाज उठाउँन लागि उपेन्द्र यादवको जीत हुनु आवश्यक भएको ठम्याउँदै बाराका जनताले २८ हजार ४ सय १५ मतले विजय गराएर सरकारमा जाने मार्ग प्रशस्त गरेको देखिन्छ। यद्यपि मधेसको विकास तथा मधेसीको समुचित अधिकार कै मुद्दा उठाएर राजनीतिमा होमिएका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्र कान्त राउत (डा. सि. के. राउत) राजनीतिक समिकरण नहुनु दुर्भाग्य हो । दुवै दल तथा दुवै नेता (अध्यक्षहरु) ले मधेशको विकास तथा मधेशी जनताको हितमा कार्य गर्न उद्देश्य मात्र बोकेका छन् भने सत्ता प्राप्तिका लागि एकअर्काको प्रति शत्रुता किन? भन्ने प्रश्नको जवाफ जनतालाई चाहिन्छन् । मधेशको विकास तथा मधेसीको समुचित अधिकारको लडाइँ लड्ने युद्धमा जनमत पार्टीको भूमिका कस्तो होलान्? देखाउन सक्नुपर्छ। नत्रभने जति छिटो उदाए, त्यतिनै छिटो पतन हुनपनि बेर लाग्दैन होला भन्ने तर्क पनि हुनै थालिएको छ। जनता समाजवादी पार्टी नेपालले पनि अधिकारको लडाइँमा युद्धबिराम नगरी निरन्तरता दिँदै जानुपर्छ उद्देश्यले नै बाराका जनताले उपेन्द्र यादवलाई जिताएका भनिएका समाजवादी पार्टीका शिर्ष्थ नेताहरुले बुझ्नुपर्दछ।