भूपदेव माली
बैसाख २ गते/ सप्तरी।
म मधेस प्रदेशका समाजिक बिकास मन्त्री रहँदा आफ्नो क्षेत्रमा व्यापक विकास गरिएको जस्तै यतिबेला सांसदमा पनि आफ्नो क्षेत्र विकासका लागि जोडदार माग गर्दै आएको र आफ्नो क्षेत्रमा जंगली हात्ती, अर्ना, जंगली सुँगुर (बंदेल) को आतंक जस्ता बिकराल समस्याहरूको समाधानका लागि आवाजहरु उठाउँदै गरेको कुरा प्रतिनिधिसभा सदस्य तथा मधेश प्रदेशका पूर्व समाजिक बिकास मन्त्री नवलकिशोर साहले बताउनुभयो।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर ४ स्थित ढोडवा चौकमा नवनिर्मित हनुमान मन्दिरको लोकार्पण कार्यक्रममा सांसद साहले सो कुरा बताउनुभएको हो ।
म जनताको सेवा गर्न , जनसेवकको रुपमा रही इमान्दारीपूर्वक यस क्षेत्रका जनताको आवाज संसदभवनमा राख्दै चुनावको क्रममा मैले जनतासँग गरिएको वाचाहरु पुरा गर्न हरसम्भव प्रयास गर्दै आएको भन्दै सांसद साहले बिना भेदभाव जनताबीच रहेर जनताकै लागि जन विकासको कार्य गर्ने तर्फ मात्र केन्द्रित रहेको बताउनुभयो।
मधेस प्रदेशका समाजिक विकास मन्त्रालयबाट रु १५ लाख, नगरपालिका बाट रु ५ लाख र वडा नम्बर-४ बाट रु ८ लाख गरी जम्मा २८ लाखको लागतमा निर्माण गरिएको सो हनुमान मन्दिरको शनिबार आयोजित लोकार्पण कार्यक्रमका अध्यक्षता मन्दिर समितिका अध्यक्ष कैलाश कामैतले गरेका थिए।
कार्यक्रममा बिशिस्ट अतिथीको रुपमा जिल्ला वन कार्यालय सप्तरीका अधिकृत हेमन्त साह, अतिथिहरु जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य जगदेव यादव, जसपा नेपालका नेता भोला पासमान, चितरंजन यादव, छत्र नारायण श्रेष्ठ, लोकनाथ यादव, वडानम्बर ४ का पूर्व वडाध्यक्ष नागेश्वर मण्डल,शियाराम मण्डल, सत्यनारायण शाह, देबेन्द्र झा , रामेश्वर यादव ,इनरदेव यादव लगायतका उपस्थिती रहेको थियो