नयाँ वर्षको प्रवेश र तराईमा जुडशीतल पर्व हिन्दूहरूको लागि आउँदो वर्षसम्मका लागि उत्साह एवं शान्तिको प्रतिक हो। मैथिली भाषामा जुड भनेको छायामा आराम गर्नु र शीतल भनेको शितलता हो। वर्षभरि शीतल झैँ शान्तिसँग दिन बितोस् भन्ने अभिप्राय हो र आरामसँग जीवन चलिरहोस् भन्ने अभिप्राय हो।
आज विक्रमसंवत् २०८० को प्रवेश दिनु हो ।नयाँ वर्षको यो प्रथम दिन खासगरी पूर्वी तराईमा जुडशितल सिरुवा पर्व मनाउन प्रत्येक हिन्दुहरुले बिहानै उठेर जेष्ठ नागरिकले आफूभन्दा कान्छोलाई शीतलताका लागि टाउकोमा पानी छ्यापेर आशिष दिने र कान्छोले खुट्टामा पानी हालेर आशिष लीने अर्थात प्रणाम गरिने चलन रहिआएको छ। संगै पशु,पक्षी,रुख, विरुवाहरु समेतमा शितलताको लागि पानी छ्यापेर गरिन्छन् ।यो दिन नयाँ वर्षको खुशीमा एकले अर्कालाई माटोको हिलो दल्ने परम्परा पनि रहिआएको छ। प्रत्येक व्यक्तिको घरमा आफ्नो कुलदेवताको पूजा पश्चात शान्ति र सद्भावका लागि खानका लागि मिठो- मिठो परिकारहरु तयार गरी आआफ्ना इष्टमित्र तथा छिमेकीहरु लाई श्रद्धापूर्वक खान दिने चलन छ।
सिरुवा अर्थात् जुडशितल पर्व थारु समुदायका मानिसहरुले पनि हर्षोल्लासका साथ मनाउने गर्दछन् । यो दिन तराईको विभिन्न स्थानहरुमा मेलाको आयोजना हुने गर्दछ। अझ त सुनसरी, मोरङ र झापामा नयाँ वर्षको प्रवेश दिन देखि ३० गते सम्म क्रमशः महिनाभरि नै विभिन्न स्थानहरुमा मेला लाग्ने गर्दछ। मदेशमा विक्रमसंवत्को अत्यधिक महत्व छ। यसरी नै विक्रमसंवत् ko प्रारम्भ हुने सन्दर्भमा तराइ मात्र होइन , नयाँ वर्षको दिन भक्तपुरमा बिस्का: जात्रा ठिमिमा जिब्रो छेड्ने जात्रा , सिन्दुर जात्रा आदि जात्राहरू पनि मनाउने गर्दछन्।
पौराणिक नगरी भारतस्थित रहेको उज्जैनका राजा विक्रमादित्यले आरम्भ गरिएको विक्रमसंवत्ले संसारका सबै भन्दा जेठो सम्वत्को रुपमा रहेको छ। संसारका सबै देशका हिन्दुहरुले विक्रमसंवत् कै आधारमा विभिन्न पर्वहरु मनाइन्छन् अर्थात विक्रमसंवत् भनेको हिन्दूहरुको क्यालेण्डर हो। नेपाल को तिथि- मिति पनि विक्रमसंवत् कै आधारमा मान्य छ। यो सम्बत सूर्य मेष राशिमा प्रवेश गरेको दिन भएकोले अर्थात वैशाख १ गतेबाट प्रारम्भ हुन्छ। त्यसैले यसलाई मेष संक्रान्ति पनि भनिन्छ।
विक्रम संवत अंग्रेजी सम्वत ( AD) भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ, त्यसैगरी यो नेपाल संवत् भन्दा ९ सय ३६ बर्ष आगाडी, शकसंवत् भन्दा १ सय ३५ बर्ष अगाडी, कलि संवत् भन्दा ३०४४ वर्ष पछाडी रहिजरी संवत् भन्दा ६३६ वर्ष अगाडि छ।
विक्रम संवतका समग्र तिथि मितिहरु पृथ्वी र चन्द्र बिचको कोण तथा अवस्थितिमा फरक पर्दछन् ,त्यसैले यसलाई चन्द्रमास पनि भनिन्छ।
चन्द्रमा र सूर्य बिचको देशान्तर कोणको १२ डिग्रीको वृद्धि हुने समय मापलाई तिथि भनिन्छ। तिथि १९९ देखि ३६ घण्टासम्म हुन्छ। पक्ष भन्नाले १२ वटा तिथिहरू हुन् र कृष्ण र शुक्लपक्ष गरी दुईटा पक्ष हुन्छन्, यी दुइटै पक्ष मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ। नयाँ चन्द्रमा उदाएपछि कृष्णपक्षको निष्पट्ट अन्ध्यारो ( औंशी,अमावश) सम्मको समयावधिलाई एक मास भनिन्छ।२ मासको एक रितु हुन्छ। ३ रितुको १आयना हुन्छ तथा दुई आयनाको एक वर्ष हुन्छ।
नयाँ वर्ष विक्रमसंवत् २०८० ले सम्पूर्ण नेपाली दाजुभाईमा एक नयाँ उर्जा, शक्ति प्रदान गरोस्, शान्ति र सद्भावका लागि प्रेरणा प्रदान गर्दै उत्तरोत्तर प्रगतिको प्रेरणा प्रदान गरोस्। नयाँ वर्षको हार्दिक शुभकामना।