संपादकीय
आज विश्व स्वास्थ्य दिवस हो
संसारमा स्वास्थ्य सम्बन्धी जनचेतना का लागि हरेक वर्षको अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छन्।आज विश्व स्वास्थ्य दिवस हो।
सन १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो र सोही स्वास्थ्य संगठनले १९४८ मै विश्व स्वास्थ्य सम्मेलनको आयोजना गरी महासभा द्वारा १९५० बाट विश्व स्वास्थ्य दिवस मनाउने निर्णय गरि हरेक वर्षको अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवस मनाउने घोषणा गरेको थियो।खासै भन्दाखेरि विश्व स्वास्थ्य संगठनको स्थापनाको रूपमा पनि विश्व स्वास्थ्य दिवस मनाउने गरिएको देखिन्छ। यसको मुख्य उद्देश्य भने संसारलाई रक्षा गर्नु हो, संसारका हरेक मानिसले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने कार्य गर्नु हो।
विश्व स्वास्थ्य दिवस एक विश्वब्यापी अभियान हो, जसले संसारका हरेक नेताहरु देखि सबै देशका जनता सम्म सबैलाई आमन्त्रित गर्दछ। विश्वका सबै देशका स्वास्थ्य सम्बन्धी वैज्ञानिकहरूले स्वास्थ्य समस्या चुनौतीमा ध्यान केन्द्रित गर्न, नयाँ र उदीयमान स्वास्थ्य समस्याहरुमा ध्यान पुर्याउँदै मानव स्वास्थ्यका लागि लाभदायक कदम चाल्न आह्वान गर्दै मानव दिर्घायुको मार्ग प्रसस्त पार्न सामुहिक रुपमा कार्य सुरु गर्ने अवसर प्रदान गर्दछ।
संसारमा ब्यापक रूपमा फैलिने महामारी रोगहरू लाग्न बाट जोगाउन यो दिवसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।सरीर र मस्तिष्क दुवैको स्वास्थ्य र संतुलनलाई केन्द्रीत राख्ने उद्देश्यका साथ यस वर्षको दिवसले ब्यायाम, पौष्टिक र स्वस्थ खानपान प्रति सचेत हुन, विचार गर्न अवसर प्रदान गरोस्। विश्व स्वास्थ्य दिवसको हार्दिक शुभकामना।