भूपदेव माली,
मंसिर १६ , जनकपुरधाम ।
प्रदेश न. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रादेशिक अस्पताल जनकपुरघाममा नवनिर्मित तिनवटा वार्डहरुको मंगलवार समुदघाटन गरेका छन ।
प्रादेशिक अस्पताललाई अझ फराकिलो पार्ने उद्देश्यले थप सेवाका लागि नव निर्मित वार्डहरुको उद्धाटन समारोहका अध्यक्षता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले गरेका छन् । कार्यक्रममा आँखा उपचारको लागि आँखा ओपीडी वार्ड,कम समय र तौलका वच्चा स्याहारका लागि केएमसी वार्ड,लैगिक हिंसा पिडितको उपचारको लागि ओसीएमसी वार्डको प्रमुख अतिथिको रुपमा उदधाटन गर्नुहुदै मन्त्री साहले उद्घाटित वार्डवाट जनताले समुचित सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाले प्रादेशिक अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आईसकेकोले अस्पतालको कायापलट हुने जनाउदै थप सेवाहरु संचालन समेत हुने वताउनुभयो। स्वास्थ्य उपचारका लागि दिनहु लाखौं अनयत्र खर्चिन परेको अवस्थामा प्रतिष्ठानको गठनले राहत पुग्ने वताउनुभएको छ।