भूपदेव माली,
राजविराज, २७ फाल्गुन ।
नेकपा एमालेको जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला कमिटिमा आयोजित पार्टीको ग्रासरुट(पार्टी सुदृढिकरण विस्तार अभियान) तहत जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
राजविराज स्थित जिल्ला समन्वय समिति सप्तरीको सभा हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला अध्यक्ष ताराकान्त चौधरीले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा एमालेका केन्द्रिय वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, प्रविशिष्ट अतिथिको रुपमा एमालेका केन्द्रिय सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुविर महासेठ, प्रशिक्षक गुरु वडाल, पोलिट ब्यूरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, पोलिट ब्यूरो सदस्य रामदयाल मण्डल, के.स. सरिता गिरी यादव लगायत रहेका थिए ।
जिल्ला सचिव देवनाथ यादवले मंच संचालन गरेको सो कार्यक्रम पार्टीका केन्ँिद्रय सचिव रघुविर महासेठले देशमा पार्टीको दसौं महाधिवेसनको कार्यदिसा, पार्टीको मुख्य नारा एवं जनताको बहुदलीय जनवाद स्थापना बारे विसलेसन गर्नु भएको थियो ।
नेपाली कांग्रेस तथा नेकपा एमाले गरी बर्तमान मुलुकमा दुईवटा राजनीतिक धु्रव छन, नेपाली कांग्रेस पूजीवादी दर्शनको आधारमा पूजीपति सम्पन्न, नोकरसाहको हितमा राजनीति गरिरहेका छन भने एमाले देशका हरेक वर्ग, लिङ्ग, जातजाती, धर्मावलम्वका हितलाई तथा देश समृद्ध पार्ने दिशाको प्रतिविम्व गर्दछ । बाँकी अन्य राजनीतिक दलहरु दर्शन विना नै दक्षिणपन्थी अवसरवादको राजनीति गर्दै कतिबेला जहाँ जून दलमा समर्थन गर्दा आफ्रनो लाभ हुन्छ त्यतै तिर ढुलमलिन्छन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल भन्नु भयो वहाँले दिर्घआयु नभएका अर्थात विसर्जन हुने राजनीति दलहरुले छनिक लाभका लागि नेपाली कांग्रेसलाई सहयोग गरिरहेको बताउदै हाम्रो पार्टीैले देशलाई समृद्ध पार्न जनताको बहुदलीय जनवाद तहत कार्यक्रमहरु गरिरहेको बताउनु भयो ।