ईमधेश न्युज सम्वाददाता,
राजविराज, २७ फागुन ।
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजको चुनावमा समाजबादी विद्यार्थी युनियन नेपाल, अखिल (क्रान्तिकारी) र लोकतान्त्रिक विद्यार्थी संघको गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।
गठबन्धन अनुसार सभापतिमा रंजित कुमार यादव र कोषाध्यक्षमा मेनुका साह रहेका छन् ।
त्यस्तै सदस्यहरुमा विनय कुमार यादव, मो. जकाउल्लास, कंचन ठाकुर, राकेश यादव, नन्दन मण्डल, रमानन्द राम र प्रकाश यादव रहेको बताइएको छ ।