भूपदेव माली
फाल्गुन २३ गते/सप्तरी।
देशको विभिन्न स्थानमा सोमबार होलिका दहन अनुष्ठान सम्पन्न भएको छ ।
हिन्दुहरूको अति खुसियाली सँग मनाउने होलीको रंग- अबीर खेल्ने दिन भन्दा एक दिन अघि अर्थात फाल्गुन पूर्णिमाका दिन मनाइने होलिका दहन अनुष्ठान ‘असत्यमाथि सत्यको विजयको, प्रतीक सो होलिका दहन अनुष्ठान सम्पन्न भएको हो।
आफ्नो परम्परालाई निरन्तरता दिने क्रममा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर -१, भारदह स्थित कंकालिनी भगवती मन्दिर क्षेत्रमा सोमबार राति स्थानीय फागु गीत गाउने मण्डली तथा स्थानियहरूको द्वारा भब्य एवं बिधिबत रुपमा होलीका दहन अनुष्ठान सम्पन्न गरिएका छन्। मन्दिरमा भारदह वरपरका कयौ होली गित गाउने मण्डलीहरुको द्वारा माता भगवती मन्दिरमा फागु गीत गाएपछि होलिका दहन अनुष्ठानमा सहभागी भएका थिए।
अनुष्ठानमा अस्थानिय किर्तन ya मण्डली हरि शर्मा को टोली स्थानीय समाजसेवी लक्ष्मण मण्डल ,बच्चालाल मण्डल, अरुण माझी, कंकाली मंदिरका पुजारी, साधु शम्भु इसर लगायत भरभलाद्मी तथा युवाहरूको सहभागिता रहेको थियो।
धार्मिक ग्रन्थहरूको अनुसार होली पर्व वैदिक युगदेखि नै मनाउन सुरु भएको पाइन्छ। ” होलिका” असुरराज हिरण्यकष्यपकी बहिनी र विष्णु भक्त प्रह्लादको फुपु थिइन्। होलिका राक्षसनी स्वभाव की भएको हुँदा यसै दिन प्रह्लादलाई षडयन्त्र गरी चिताको आगोमा भष्म गर्न लाग्दा भगवान् विष्णुको अनुकम्पाले भक्त प्रह्लादलाई आगोले कुनै नकारात्मक असर गर्न सकेन तर सोही आगोको चितामा होलिकाको भष्म भएको हुँदा होलिका दहन अनुष्ठान गर्ने परम्परा सुरु भयो र यसरी एक राक्षसनीको अन्त्ये भएकोले असत्य माथि सत्यको विजयको प्रतीक खुशीयालीमा रंग- अबीर खेल्ने परम्पराको थालनी भएको पाइन्छ।
होली पर्वले मानिसभित्र व्याप्त राक्षस रुपी ईर्ष्या, द्वेष,कलह, बेइमानी, शत्रुतालाई ‘ होलीका दहनको’ संगै भस्म गरी शत्रुलाई पनि मित्र बनाउन मार्ग प्रदान गरिने हुँदा होली पर्व हिन्दूहरुका लागि एक खुसियालीको पर्वको रूपमा प्रसिद्ध भएको मान्यता छ।