संसारमा भएका हरेक प्राणी एवं बिरुवाको लागि यो पृथ्वी साझा थलो हो ।सबै जीवजन्तु एवं रुख- बिरुवाहरुको सुरक्षा, सम्वर्द्धन र उपस्थिति मानिसको दायित्य हो। संसारको अनेक देशहरुमा जंगल फडानी रुख तथा जंगली जनावरहरूको हत्या – शिकारी, चोरी-पैठारी, हुनुले गर्दा विश्वका धेरै जीवजन्तु तथा रुख- बिरुवाहरु लोप भइसकेका छन् र कतिपय लोपोन्मुख अवस्थामा छन्। हाम्रो नेपालमा पनि जनावर र बिरुवाहरूको विनाश भएका छन् भने ठूल्ठूला जगंलहरुलाई फडानी गरी मानिसको बसोबास स्थलको रुपमा परिणत भएका छन्।
मानवजीवनको दीर्घकालीन उपस्थितिका लागि वन- जंगल, वन्यजन्तु तथा विरुवाहरुको रक्षा गर्नु जरुरी छ। त्यसैले वन -जंगल ,वन्यजन्तु तथा रुख- बिरुवाको विकास ,संरक्षण र उत्थानका उद्देश्यले संयुक्त राष्ट्र सङ्घको सदस्य देश थाइल्याण्डको पहलमा राष्ट्र संघमा बहस चलेको थियो र सोही बहस पश्चात संयुक्त राष्ट्र संघ द्वारा हरेक बर्षको मार्च ३ तारिखका दिन ‘विश्व वन्यजन्तु दिवस’ मनाउने घोषणा गर्यो , आज विश्व वन्यजन्तु दिवस हो ।
CITES को अनुसार अहिले संसारका ५ हजार प्रजातिका जनावरहरु र २९ हजार २ सय प्रजातिका बोटबिरुवाहरु लोप हुने अवस्थामा पुगेका छन्।
प्रकृतिमा पाउने बिरुवा र जन्तु अत्यधिक महत्वपूर्ण हो। वीरवा र जन्तु परस्पर त उपयोगी छँदैछन् ।तथापि प्रकृतिको अन्य कारक हरुका लागि पनि महत्वपूर्ण हो जसरी बिरुवालाई समृद्ध बनाउँछ ।जन्तुले छोडेको C/2 पर्यावरणको उचित तापमान का लागि आवश्यक बिरुवा तथा जन्तुहरुको अक्सिजन प्रदान गर्दछ ,जबकी जन्तु बिरुवालाई भोजन बनाउनका लागि C/3 प्रदान गर्दछ। बिरुवाहरू र जन्तुहरुको अस्तित्व बनाउन यसको परस्पर सहयोग जरुरी छ। यतिबेला तीव्ररुपमा वन विनाश हुँदै छ जसकारण जंगली जीवजन्तुहरू पनि लोप हुँदै गरेको अवस्था छ। अहिले वनजंगलको आभावले गर्दा वर्षा कम हुनु र भएपनि विना मौसमको बर्षा हुनु, कतै-कतै बाढीको स्थिति उत्पन्न त कुनै कुनै ठाउँमा सुख्खा स्थिती उत्पन्न हुने गरेको छ। वनको कमीले भूमिगत जलस्तरको निमंनकरणण हुनु (कमीहुनु) वातावरणको तापमानमा बृद्धि र प्रदूषणमा वृद्धि हुनु जस्ता समस्याहरू उत्पन्न भएको छ, भइरहेको छ। त्यसैले पनि लोप हुन लागेका वन्यजन्तु तथा बोट बिरुवाहरुको संरक्षण तथा उत्थान गर्न सचेतना स्वरुप यो दिवस अत्यन्तै महत्वपूर्ण रहेको छ ।वास्तवमा यो पृथ्वी मानवको लागि मात्र नभई यहाँ रहेका हरेक निर्जीव – सजीव प्राणीहरूको पनि हो । हामी जतिकै सबै प्राणी तथा निर्जीवहरूको पनि अधिकार यस पृथ्वीमा रहेको छ। अतः हामी एउटा सामाजिक एवं बौद्धिक भएकोले विश्वको जैविक विविधता संरक्षणका लागि सबैले साझा जिम्मेवारी वहन गर्नु पर्दछ।