जितेन्द्र यादव
फाल्गुन १ गते/ सप्तरी।
कन्चनरुपमा पासो झुन्डिएर एक महिलाको मृत्यु भएको ।
सोमबार बिहान ०८:३० बजेको समयमा स्थानियहरुले रुखमा पासो रुखमा पासो झुन्डिएको अवस्थामा देखेपछि तत्काल इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरीलाई घटनाको सूचना दिएको थियो।
पासो झुन्डिएकी महिला कञ्चनपुर वडा नम्बर-९, नयाँबस्ती बस्ने भिम बहादुर भुजेलकी पत्नी शान्ता भुजेल भएको पहिचान भएको हो।
मृतक भुजेलको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पताल लगिएको छ ।
होटलमा काम गरी जीवनयापन गर्दै आएकी मृतक भुजेलकी एउटा छोरा र एउटी छोरी भएको थाहा भएको छ। पासो झुण्डिएको कारण खुलासा नभएपनि पति काम बहादुर भुजेलले हामीमाथि दुई लाख सहकारी संस्थाको रिनको बोझ हुँदा ऋण तिर्न धौधौ परिरहेकोले बुढीलाई मानसिक तनाब धेरै थियो ,धेरै तनाव भएकोले पासो झुन्डिएकी हुन सक्ने बताए।
पासो झुण्डिएको मुख्य कारण थाहा हुन नसक्दा वास्तविक कारण पता लगाउन थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।