संपादकीय
आज विश्व रेडियो दिवस सञ्चार क्षेत्रमा रेडियोको महत्वपूर्ण योगदान
आज विश्व रेडियो दिवस हो। विश्वसनीयता र सरलतालाई शान्तिसँग जोड्दै यस वर्ष सन् २०२३ को विश्व रेडियो दिवस मनाइदैछ। हरेक वर्षको १३फेब्रुअरीका दिन यो दिवस मनाउने गरिन्छन्। यो दिवसमा रेडियोले विश्व सञ्चार जगतमा दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरुप संसारभरका रेडियोकर्मीहरुले विश्व रेडियो दिवसको रुपमा मनाउने गर्दछन्। किनभने मानव सभ्यताको विकास र परिवर्तित प्रजातान्त्रिक अभ्यासमा बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको महत्वपूर्ण योगदान रहेको छ।
सन १८९४ ईस्बीमा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको अविस्कार गरेपछि गित ,संगित तथा समाचार जगतमा लोकप्रिय बन्दै गयो र यस संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ ।प्रविधिको क्षेत्रमा रेडियोको अविस्कार एक अद्भुत अविस्कारको रुपमा प्रसिद्ध भयो , जसले एउटाले बोलेको आवाज वा ध्वनि तारविहीन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो र संचार क्षेत्रमा यसले एक क्रान्ति नै थियो।
संसारमा रेडियोले प्रभावकारी सञ्चारको माध्यम बन्न गएको हुनाले सन् २०११मा UNESCOले यससँग जुटेका सम्पूर्ण रेडियोकर्मी तथा रेडियो श्रोताहरूको सम्मानमा विश्वभर रेडियो दिवसको रुपमा मनाउने घोषणा गरेको हो र यस वर्ष हामीले १२औं रेडियो दिवस मनाउँदैछौं।
हाम्रो नेपालमा पनि रेडियोको एक छुट्टै विशेषता रहेको छ ।रेडियो नेपालको स्थापना भएको केही दशक पछि अनेक रेडियो एफ एम प्रसारण गर्ने संस्थाहरु थपीए, जो नेपाली क्रान्तिमा एक विशेष स्थान बनाउँदै गयो। नेपाली गीत ,संगीत, संस्कृति ,लोक- संस्कृति , मनोरञ्जन तथा संचार क्षेत्रमा मात्र होइन ,नेपाली राजनीतिक परिवर्तन र आन्दोलनका श्रृंखलाहरु मा पनि नेपाली रेडियोको अतुल्नीय भूमिका रहेको छ ।यतिबेला पनि नेपालमा रेडियो सुन्ने श्रोताहरुको संख्या धेरै भएको हुनाले पनि हामी विश्व रेडियो दिवस हर्षोल्लासका साथ मनाऔं।