संपादकीय २०७९ माघ २८, सप्तरी ।
विज्ञान क्षेत्रमा महिलाको पहुँच आवश्यक
महिला समानताको लागि संसारमा अनेक पहलहरु भएको छ । तथापी विज्ञान क्षेत्रमा महिलाको पहुँच न्यून रहेको देखिन्छ। लैङ्गिक समानता आजको आवश्यकता र चुनौती दुवै हो। प्रविधि र सूचना पहुँचमा महिलाहरूको समान पहुँच बनाउनका लागि विभिन्न अभियान तथा दिवसहरू चलाउने क्रममा हरेक वर्षको फेब्रुअरी ११ तारिखका दिन विज्ञानमा महिलाको पहुँच विश्व दिवसको रुपमा मनाउने गरिन्छ ,आज सो दीबस हो।
STEM अर्थात साईन्स, ईन्जिनियरिङ्, टेक्नोलोजी र म्याथम्याटिक्स क्षेत्रमा महिलाहरूमध्ये मात्र ३० प्रतिशत पहुँच भन्दा पनि कम रहेको छ ।यो क्षेत्रमा विश्वभरका अनुसन्धानकर्ताहरुले ३० प्रतिशत मात्र महिला विद्यार्थीहरु अध्ययनरत छन् वा अध्ययन गर्न इच्छुक भएको देखिन्छन्। विश्वव्यापीरुपमा महिला विद्यार्थीहरुको आदि आइसिटी ३% , प्राकृतिक ,विज्ञान ,गणित र तथ्यांक ५% प्रतिशत र इन्जिनियरिङ, उत्पादन र निर्माण ८% प्रतिशत मात्र अध्ययनरत वा अध्ययन गरिएका छन्।
महिला र बालिकाहरुलाई विज्ञानमा प्रेरित र संलग्न गराउनका लागि संयुक्त राष्ट्र संघले हरेक वर्षको ११ फेब्रुअरीका दिन विज्ञापनमा महिलाको पहुँच अन्तराष्ट्रिय दिवस मनाउन थालिएको हो।
दिनप्रतिदिन विज्ञानको महत्व बढिरहेको यस युगमा महिलाहरु विज्ञान क्षेत्रमा पछाडि पर्न गए आउँदो भविष्यमा महिला सशक्तिकरण सम्भवको आश गर्न सकिँदैन ।महिलाहरु तथा बालिकाहरुको विज्ञान र नवप्रवर्तनमा पुर्ण रुपमा सहभागी गर्न ,गराउन हामी सबैले पहल एवं प्रयास गर्न यो दिवसलाई भव्यताकासाथ मनाऔं र महिला विद्यार्थीहरुलाई बिज्ञान क्षेत्रमा अध्ययन गर्न प्रेरित गरौं।